मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जियालाई बाईबाई

बिजय आवाज, काठमाण्डौ, 2010/11/24

चलचित्रलाई नै पेशा वनाएर अगाडि वढ्न खोज्ने जो कुनै कलाकारलाई पनि कामको अफर आईरहोस् भन्ने चाहना हुन्छ । चलचित्र हातमा नलागेको वेला कलाकारहरु हाता लाग्यो शुन्य भन्दै सुस्ताउछन् ।

झनै, नया कलाकारको लागी त चलचित्रमा अभिनय गर्न पाउनु करिअरकै लागी एउटा राम्रो गोरेटो वन्दछ । तर, आफूले अभिनय गर्नको लागी सहमति गरीसकेको चलचित्रवाट एकाएक हटेको खवर आयो भने, उक्त कलाकारको लागी कस्तो होला ?  चलचित्र 'अग्निसाक्षी' मार्फत नेपाली चलचित्रमा प्रवेश गरेकी नायिका जिया केसीलाई अहिले चलचित्र क्षेत्र निल्नु न ओकल्नु जस्तो भएको छ । चलचित्र उद्योगमा प्रवेश गर्नु अघि उनको नाम जानकी के.सी थियो ।

 अरुलाई यसपटकको लक्ष्मीपुजाले के के दियो, त्यो त थाहा भएन, तर यि नायिकालाई भने ठूलो चोट दिएको थाहा भएको छ । तिहारमा आफ्नो गृहजिल्ला झापा जानुअघि उनले एक चलचित्रमा र्साईन गरेकी थिईन् । चलचित्रमा साईन गरेर मख्ख पर्दै टिका लगाउन गृह जिल्लामा पुगेकी जियाको  खुशी धेरै दिनसम्म टिकेन । उनले विजय केरुङ्गले हाल निर्देशन गरिरहेको चलचित्र 'तिमीले दिएको माया'मा अभिनय गर्नका लागी हस्ताक्षर गरेकी थिईन् । चलचित्र निर्माणकर्ताले उनलाई पेश्की स्वरुप पन्ध्रहजार रूपैया  पनि  दिएका दिए ।

 पन्ध्र हजार रुपिया वोकेर गृहजिल्ला पुगेकी जियाको चलचित्रमा अभिनय गर्ने सपना धेरै दिन टिकेन । सो चलचित्रको मुहुर्त लक्ष्मीपुजाको तीन दिन पछी कात्तिक २३ गते  थियो,  मुहुर्तको दिनमा उनले आफू आउन नसक्ने जानकारी निर्माणपक्षलाई गराएकी पनि थिईन् । उनले आफूले झापाबाट काठमाण्डौ र्फकने वातावरण नपाएकाले मुहुर्तमा आउन नसकेको जानकारी गर्राईन् । चलचित्रको मुहुर्त भयो जिया विना नै । तर, निर्माण पक्षले चलचित्रको मुहुर्तको दिनमात्र होईन, पुरा चलचित्रवाट यि नायिकालाई हटायो । तिहारको टिकाको केही दिनपश्चात काठमाण्डौ आएकी जियाले आफू चलचित्रवाट हटेको खवर त्यतीवेला थाहा पाईन्, जतिवेला उनले फोन गरिन् चलचित्र वनाउनेलाई ।

चलचित्रवाट आफू हटेको जानकारी पाएकी उनी यसपश्चात निक्कै दुखि भएकी छिन् । फिल्मीखवरले विशेष स्रोतवाट यो खवर पाएपछि जियालाई यो वारेमा जिज्ञासा राखिएको थियो । जियाले यसवारेमा भनिन्, मुहुर्तको दिनमा आउने भनेर कुनै सहमति भएको थिएन । चलचित्रकी मुख्य नायिका युना उप्रेति मुहुर्तमा सहभागी थिईन् । यसकारण, सहायक नायिकाको भूमिका निर्वाह गरेको म आउनु नै पर्ने थिएन । उनले प्रश्न गरिन्, 'के चलेका नायिका शुभ मुहुर्तमा नआएको भए, यसरी हर्टाईन्थ्ये ।?  चलचित्रको युनिटले मलाई नव नायिका भनेर हटाएको हो ।'  अधिकांश चलचित्रको मुहुर्तमा चलेका नायिकाहरु कमै मात्र आउछन् । जियालाई चलचित्रवाट हटाएर यो चलचित्रको निर्माणकर्ताले नव नायिकालाई राखेका छन् ।


नेपाली चलचित्रमा नायिकालाई विशेष प्राथमिकता दिएको पाईदैन । नायिका भनेका नायकसंग अंगालीने र अंगप्रदर्शन गर्नेमात्र हुन् भन्ने सोचाई अझै धेरै चलचित्र वनाउनेहरुको सोचाईमा छ । यसकारणले पनि नायिकालाई चलचित्र वनाउनेहरुले खासै प्राथमिकता दिएको पाईदैन । नायिका जिया के.सी पनि यही सोचाईको शिकार भएको देखिन्छ । चलचित्रको शुभ मुहुर्तमा नआएकै कारण चलचित्रवाट हटाउनु आफैमा दुखको कुरा हो । तर, एक ढोका वन्द भयो भने सयौ ढोका खुल्छन् भन्ने उक्तुलाई जियाले भुल्नु हुदैन ।