कित त जन्मोत्सव या कुनै चिजको बार्षिकोत्सव हुदा केक काट्ने चलन छ तर सुरज सुब्बा निर्देशित चलचित्र बाटो मुनिको फूलको प्रिमियर भने अन्य प्रिमियर भन्दा भिन्न तरिकाले २० पाउण्ड वजन बराबरको केक काटेर गरिएको छ ।
बुधबार साँझ काठमाण्डौको हात्तिसार स्थित जय नेपालहलमा आयोजित उक्त प्रिमियर अहिले सम्मकै ठूलो र भिन्न प्रिमियर भएको चलचित्रको टीमले दाबी समेत गरेको छ । प्रिमियरमा सो चलचित्रमा समावेश गरिएका ६ वटा अडियो गीतलाई पनि सार्वजनिक गरिएको थियो । चलचित्रमा रेखा थापा, नन्दिता केसी साथै गायकद्धय यस कुमार र बाबु बोगटी नायक भएको कारण प्रिमियरमा चलचित्र क्षेत्र बाहेक सागीतिक छेत्रका थुप्रै अनुहारहरूको समेत बाक्लो उपस्थिति थियो ।
रेड कार्पेट उक्त प्रिमियरलाई कान्तिपुर टेलिभिजनबाट एक घण्टा लाईभ समेत गरिएको थियो । रिदम फिल्मसको ब्यानरमा यस कुमार संगीतकार साथै प्रस्तुतकर्ता र राजेश घतानी कार्यकारी निर्माता रहेको २ घण्टे १५ मिनेटको उक्त चलचित्र हेरिसकेपछी अधिकाशं चलचित्रकर्मीले फिल्म उत्कृष्ट भएको प्रतिक्रिया दिएका थिए ।
पर्सी शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउन लागेको सो चलचित्रमा सञ्जय लामाको छायाकंन, गोविन्द प्रभात र अराज केशवको नृत्य निर्देशन रहेको छ । चलचित्रमा महानायक राजेश हमाल बिशेष भुमिकामा प्रस्तुत भएका छन् । जुन कुरा प्रिमियर पूर्व लुकाएर राखिएको थियो ।