मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

देखावटी रेडकार्पेट

अनुप भट्टराई, काठमाण्डौ, 2010/11/25

प्राय जसो कुनै पनि चलचित्रको प्रिमियरलाई स्तरियता देखाउन रेडकार्पेटको प्रयोग गर्ने चलन छ । पछिल्ला चरणमा प्रदर्शनमा आएका केही चलचित्रहरूको भब्य रूपमा रेड कार्पेट प्रिमियर पनि गरिएको थियो ।



ती प्रिमियरहरूमा रेडकार्पेटको केही हद सम्म प्रयोग भएपनि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र बाटोमुनिको फूलको बुधबारको प्रिमियरमा भने रातो कार्पेटको प्रयोग देखावटी मात्र भयो ।  झण्डै पाँचसयको हाराहारीमा उपस्थित हुन जयनेपाल सिनेमा घर पुगेका चलचित्रकर्मी, संगीतकर्मी र सञ्चारकर्मीहरू कोही पनि सिनेमा भवनको भित्ता छेउमा ओच्छ्याएर राखिएको त्यो रातो कार्पेट माथिबाट हिडेका थिएनन् । झण्डै १० मिटरको दुई टुक्रा रातो कार्पेट अधिकाशं चलचित्रकर्मीले नदेखेको प्रिमियरपछी फिल्मीखबरलाई प्रतिक्रिया दिएका छन् ।

 


वितरक डिजिटल सिनेमा नेपाल (डीसिएन ) का महाप्रवन्धक अशोक शर्माले भित्ता छेउमा ओच्र्छाईएको त्यो कार्पेट 'आफुले देख्दै नदेखेको बताए । ' यस्तै उता चलचित्रसंघका उपाध्यक्ष तथा निर्माता प्रदिप कुमार उदय र चलचित्र पत्रकारसंघका अध्यक्ष शान्ति प्रियले त त्यो कार्पेट कसका लागि हो भन्ने कुरानै आफुले थाहा नपाएको प्रतिक्रिया दिए ।



भित्ता छेउको त्यो कार्पेटबाट को हिड्यो त ? निर्देशकको परिचय बनाईसकेका सञ्चारकर्मी दिनेश डीसी मात्र हिडेका थिए । यस्तै 'बाटोमुनिको फूल' की नायिका नन्दिता केसीलाई तपाई यो कार्पेट माथिबाट हिड्नु भयो भन्ने प्रश्न गर्दा आफ्नो चलचित्रको यूनिटलाई बचाउदै उनले भनिन् 'म त हिडे ।' तर माफ गर्नु होला नन्दिता जी ! तपाई चढेर आएको ट्याक्सी लामो समय जाममा परेको कारण तपाई सवै भन्दा ढिलो प्रिमियरमा आउनु भएको थियो र आए लगत्तै र आए लगत्तै यूना उप्रेती, निर्माता कृषा चौलागाई र गायिका निशा सुनुवारसंग तस्बिर खिचाउन ब्यस्त हुनु भएको थियो । तपाईले त्यो कार्पेट प्रिमियर पश्चात मात्र देख्नु भएको थियो भन्दा केही फरक नपर्ला ।



यस्तै फिल्मीखबरले केही उपस्थित अन्य सञ्चारकर्मी र चलचित्रकर्मीलाई रातो कार्पेटबाट हिड्नु भयो भन्ने प्रश्न गर्दा उनीहरूले पनि अफट्रयाक ठाँउमा राखिएको उक्त कार्पेटलाई आफुहरूले नदेखेको बताए । भन्ने हो भने प्रिमियरमा ओच्छयाईएको त्यो रातो कार्पेट प्रयोग भन्दा पनि देखावटी मात्र थियो  ।