मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'बाटोमुनिको फूल' सार्वजनिक

कृष्ण न्यौपाने, दमौली , 2010/11/26

दुई गायक नायक बनेको पहिलो चलचित्र 'बाटोमुनिको फूल' आज शुक्रबारदेखि देशभरका हल सहित दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा प्रदर्शन भएको छ । प्रेमकथा तथा सामाजिक भेदभावका विषयमा आधारित भएर निर्माण गरिएको चलचित्र 'बाटोमुनिको फूल' मा दुई गायक यश कुमार र बाबु बोगटीले नायक भएर अभिनय गरेका छन् ।


सुरब सुब्बा 'नाल्बो' द्वारा निर्देशित चलचित्रमा यो धर्तीमा सबै जनाको अधिकार उत्तिकै हुन्छ र सबै जना आ-आफ्नो तरिकाले बाँच्न पाउनु पर्छ र बाँच्न दिनु पर्छ भन्ने सन्देश रहेको छ । राजेश घतानीको निर्माण रहेको यस चलचित्रमा रेखा थापा,नन्दिता केसी र राजेश हमालको पनि अभिनय रहेको छ । यश कुमारकै कथा, शब्द र संगीतमा बनेको चलचित्रको कथाले गायन क्षेत्रलाई नै समेटेको छ ।


१ करोड ३ लाख रुपैयाँको लागतमा निर्मित चलचित्रलाई नेपालमै पहिलो पटक बनेको फरक किसिमको चलचित्र भएको दावी निर्माण पक्षको छ । बाटोमाथिको फूललाई मन्दिरमा चढाइए पनि बाटोमुनिको फूलको वास्ता नगर्ने परम्परा रहेको समाजलाई सबै फूल एउटै हो भन्ने सन्देश पनि चलचित्रले दिएको छ । चलचित्रमा गायक यशकुमारको चर्चित गीत 'मैले छोएको पानी चल्दैन...' भन्ने गीत पनि समावेश गरिएको छ । चलचित्रमा जातीय विभेदका घटनालाई प्राथमिकता साथ प्रस्तुत गरिएको छ ।