मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन चुक्दैछ गोपीकृष्ण व्यानर ?

विजय आवाज, काठमाण्डौ, 2010/11/26

नेपाली चलचित्र उद्योगमा धेरै व्यानरको स्थापना भैसकेको छ । तर सवै व्यानरले दाम र नाम कमाउन सकेका छैनन् । नेपालमा जम्मा कति व्यानर छन् भनेर न चलचित्रकर्मीलाई नै थाहा छ नत दर्शकलाई नै । चलचित्र क्षेत्रमा व्यानर स्थापना गर्नु आफैमा गाह्रो पनि हो । यसैले आजका दिनमा स्थापित केही सिमीत व्यानरले दर्शकलाई उत्कृष्ट चलचित्र दिनु आवश्यक छ ।

 

नेपाली चलचित्रमा पहिलो पटक रजत जयन्ति मनाउन सफल चलचित्र हो 'कुसुमे रुमाल' । यो चलचित्रलाई निर्माण गर्ने व्यानर गोपीकृष्ण मुभिज हो । गोपीकृष्ण मुभिजले कुसुमे रुमाल निर्माण गरेपछि चलचित्र क्षेत्रले नयाँ गोरेटो समातेको थियो । यही चलचित्रवाट नै यो व्यानर स्थापित समेत भएको हो ।


आज नेपाली चलचित्र क्षेत्रमा गोपीकृष्ण व्यानर पहिलो स्थानमा छ । गोपीकृष्णले निर्माण गरेका चलचित्रमा काम गर्न पाउनु हरेक कलाकार, निर्देशक तथा विभीन्न चलचत्रिकर्मीहरु आफ्नो अहोभाग्य नै ठान्दछन् । यतिमात्र होईन यो व्यानरले निर्माण गरेका चलचित्र हेर्नका लागी दर्शकहरु पनि आतुर भएको पाईन्छ । यसकारण गोपीकृष्ण चलचित्र उद्योगकै एक प्रतिष्ठित व्यानरको रुपमा चित्रीत भएको छ ।


भनिन्छ सफलतासँगै जिम्मेवारी पनि थपिएको हुन्छ । जति सफल भईन्छ त्यती नै उत्कृष्ट कामको अपेच्छा अरुले गरेका हुन्छन् । पछिल्लो समय गोपीकृष्णले लगातार चलचित्र वनाईरहेको छ । कहिले सातवटा त कहिले ९ वटा चलचित्रहरु वनाउने घोषणा यो व्यानरले गरेको छ र अहिले निर्माण पनि गरीरहेको छ । गोपीकृष्णले पछिल्लो केही वर्षमा ६ वटा नेपाली चलचित्र लगातार निर्माण गरेको छ र यि चलचित्रहरु प्रर्दशनमा पनि आईसकेका छन् । यो व्यारले निर्माण गरेका चलचित्रमा पर्खि बसे, सुन्दर मेरो नाम, जिवनमृत्यु, कुसुमे रुमाल, फर्केर हेर्दा र खुशि रहेका छन् । यि मध्ये चलचित्र पर्खि बसेले दर्शकको मन जित्न सफल भयो । यो वाहेक अन्य चलचित्र पुरा रुपमा असफल भएका छन् ।

 

पर्खि वसे पछि निर्माण भएका चलचित्रहरु एकपछि अर्को कमजोर व्यापारको शिकार भएका छन् । एकदुई चलचित्र असफल हुनुलाई सामान्य मान्न सकिन्छ । तर नेपालको प्रतिष्ठित यो व्यानरले निर्माण गरेका ६ मध्ये ५ चलचित्र असफल हुनु आफैमा अचम्मको विषय हो । आखिर गोपीकृण्ण व्यानर कहाँ गएर चुकेको छ ?  ५ चलचित्र लगातार असफल हुँदा पनि यो व्यानरका निर्माणकर्ताहरु यसलाई किन गम्भिर रुपमा हेरीरहेका छैनन् ? एउटा प्रतिष्ठित व्यानरले निर्माण गरेका ५ चलचित्र लगातार असफल हुँदा यो व्यानरको निर्माणमाथि नै औला उठाउनु पर्ने भएको छ । यतिमात्र होईन दर्शकको नजरमा पनि नेपाली चलचित्रमाथि नै नकारात्मक भावना पैदा हुनसक्छ ।

 

हिन्दी चलचित्रको विक्री वितरण र प्रर्दशनमा अगाडि देखिएको गोपीकृष्णलाई कहिले काही एउटा आरोप पनि लगाईने गरिन्छ । उसलाई लगाईने आरोप भनेको हिन्दी चलचित्रको प्रवर्धनमा लागेको छ भन्ने हो । गोपीकृण्णले वनाएका पछिल्ला चलचित्र निरन्तर रुपमा असफल हुनुले कतै हात्तीका देखाउने दाँत र चपाउने दाँत भन्ने उखानलाई चरितार्थ गर्न खोजेको त छैन ?  निरन्तर चलचित्र असफल हुँदा पनि किन कुनै गृहकार्य विना नै यो व्यानर चलचित्र वनाईरहेको छ ?  चलचित्र खुशि असफल भएपछि यसका निर्देशक ज्ञानेन्द्र देउजाले चलचित्र नराम्रो वन्नुमा आन्तरीक कारण भनेका थिए । आखिरी यो आन्तरीक कारण के हो ?  के चलचित्र निरन्तर वनाउदैमा नेपाली चलचित्रमाथि माया गरेको ठहरिन्छ? गुणस्तरमा किन ख्याल गरेको छैन यो व्यानरले ? 

 

एकजना चर्चित नायीकाले चलचित्र खुशि पन्ध्र मिनेटसम्म पनि हेर्न नसकेर उठेको कुरा वताउदै गर्दा नायक भुवन केसीले खुशि चलचित्र हेरेर यस चलचित्रका निर्माता उद्धव पौडेललाई गाली गरेको खवर संचारमाध्यममा आएका थिए । अव यो व्यानरले प्रितीको फूल चलचित्र वनाउने भएको छ । यसरी नेपालको नम्वर १ व्यानरवाट निर्माण भएका चलचित्रहरु लगातार रुपमा असफल हुनुमा कमजोरी पक्कै छ । चलचित्र वनाउदा असफल होस् भन्ने चाहना पक्कै पनि कुनै लगानीकर्ताको हुदैन । तर यसरी पाँच-पाँच चलचित्र असफल हुँदाको समयसम्म आईपुग्दा गोपीकृण्णले वनाएका चलचित्रहरु स्तरीय हुदैनन् भन्ने छाप दर्शकमा पर्न थालेको पाईन्छ ।

 

के चलचित्र उद्योगमा गोपीकृष्णले आफ्नो उपस्थिती जनाउनको लागी मात्र चलचित्र वनाईरहेको हो ? प्रश्न उठाउने ठाउँ प्रशस्त छन् । नेपाली चलचित्रको प्रतिष्ठित व्यानरले निर्माण गरेका चलचित्रवाट दर्शक तथा सिङ्गो चलचित्र उद्योगले अव कस्तो अपेक्षा गर्ने ?  पछिल्ला पाँच चलचित्रको निरन्तर असफलताले गोपीकृण्णको चलचित्र निर्माणमा ठूलो असर पुर्याएको कुरालाई यो व्यानरले मनन गर्ने कहिले ? आशा गरौ नेपाली चलचित्र उद्योगकै प्रतिष्ठित व्यानरको रुपमा चर्चा कमाएको गोपीकृष्ण व्यानरले निर्माण गरेका चलचित्र हेरेर अव पाँच मिनेटमा दर्शक हलवाट वाहीर निस्कने दिन आउने छैन ।