मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाटो मुनिको फूललाई बधाईको ओइरो

फिल्मीखबर, काठमाण्डौ, 2010/11/26

पछिल्लो समयमा नेपाली चलचित्रको प्रचार प्रसार गर्न र चलचित्रको प्रतिक्रिया बुझ्न फेसबुक सजिलो माध्यम बनेको छ । यहि माध्यमको राम्रो सदुपयोग चलचित्र बाटो मुनिको फूलको लागी भएको छ । शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र 'बाटो मुनिको फूल' लाई फेसबुक मार्फत बधाई दिनेको ओइरो नै लागेको छ ।

 

हुनत एक चलचित्रकर्मीले आफ्नै सहकर्मीको फिल्मलाई खासै प्रशंसा गरेको पाईंदैन तर बाटो मुनिको फूललाई भने अधिकांश चलचित्रकर्मीले राम्रो चलचित्र बनेको प्रतिक्रिया दिएका छन् । चलचित्रकर्मी मात्र हैन दर्शकहरूले पनि चलचित्र हेरिसके पछि सो चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।

 


बुधबार गरिएको सो चलचित्रको प्रिमियर सकिए लग्गतै घर पुगी चलचित्र निर्देशक तथा निर्माता युवराज लामाले आफ्नो फेसबुकको वालमा बाटो मुनिको फूल निकै राम्रो बनेको प्रतिक्रिया दिएका थिए । उनले आफ्नो वालमा लेखेका छन्, 'चलचित्र बाटो मुनिको फुल मनुबादी चिन्तनबाट ग्रसित नेपाली समाजमा रहेको सामाजिक बिभेतको बिरुद्ध क्रान्तिकारी सामाजिक प्रेम कथामा बनेको सुन्दर काल र बिज्ञानको समयोजन भएको चल्चित्र हो,हिन्दी चलचित्रका घटिय कपि चलचित्र बनाउने चलचित्रकर्मीलाइ जोडदार थप्पड साबित हुनेछ ।'

 

लामाले आफ्नो वालमा उक्त कुरा पोस्ट गरे लगत्तै उनको वालमा धेरैजनाले सो कुरालाई आत्मसाथ गरेका छन् र चलचित्रको सफलताको कामना समेत गरेका छन् । कमेन्ट गर्ने क्रममा एक दर्शक प्रिन्स खड्काले चलचित्र आफूलाई पनि मन परेको भन्दै चलचित्रका नायकद्वय यश कुमार र बाबु बोगटीको चलचित्र क्षेत्रमा जम्ने आधार भेटिएको प्रतिक्रिया दिएका छन् भने निर्माता राजेश घतानीलाई राम्रो चलचित्र निर्माण गरेकोमा बधाई दिएका छन् । उनले अन्तिम लाईनमा लेखेका छन्, 'समग्रमा- नेपालमा रहेका भनिएको ४० लाख दलितहरुको 'मनको औडाहा'मा अलिकता भए पनि 'शीतल जल' छर्किने प्रयासमा १ चोटि फिल्म हेरिदिएर नेपालका मुक्तिकामी जनताले पनि साथ देलान् कि भन्ने आशा गरेको छु ! '

 

यता नायिका नन्दिता केसीले पनि चलचित्रको प्रिमियर सकिए लगत्तै आफ्ना प्रशंसक र चलचित्र प्रेमी दर्शकहरूलाई फेसबुकको माध्यमबाट आफूले अभिनय गरेको चलचित्र 'बाटो मुनिको फूल' हेरिदिन आग्रह गरेकी छिन् । नन्दिताले आफ्नो वालमा पोस्ट गरेको कुरालाई यो समाचार तयार पार्दाको अवस्था सम्म २० जनाले लाइक गरेका छन् भने १८ जनाले चलचित्र राम्रो बनेको र सफलताको शुभकामना दिएका छन् ।

 

नवनायिका ऋचा शर्माले पनि चलचित्र हेरिसके पछि आफ्नो वालमा चलचित्र राम्रो बनेकोले सबैलाई सो चलचित्र हेर्न आग्रह गरेकी छिन् । उनले हरेक नेपालीले यो चलचित्र हेर्नुपर्ने कुरा आफ्नो वालमा उल्लेख गरेकी छिन् । त्यसैगरी निर्माता राजेश घतानी र निर्देशक सुरज सुब्बाको वालमा पनि कमेन्ट गरेको ताँती नै लागेको छ । उनीहरूको वालपोस्टमा कमेन्ट स्वरूप धेरैले चलचित्र एक पटक हेर्ने बाचा गरेका छन् ।

 

समग्रमा हेर्ने हो भने चलचित्र बाटो मुनिको फूल फेसबुकमा हिट भईसकेको छ । फेसबुकमा पाएको राम्रो प्रतिक्रियालाई मनन गर्ने हो भने यो चलचित्र हलमा पनि हिट नहोला भन्न सकिन्न । तर हलमा चलचित्र हिट हुनको लागी भने फेसबुकमा कमेण्ट र लाईक गर्न जाँगर चलाए जस्तै हलसम्म पुगेर चलचित्र हेर्न आवश्यक हुन्छ । हेरौं यो चलचित्र फेसबुकमा मात्र हिट हुने हो या देशभरका हलहरूमा पनि हिट हुने हो । हामी नतिजाको प्रतिक्षामा छौं ।