२०५३ सालमा चलचित्र रगत खेलेपछी १४ बर्षसम्म अमेरिका पलायन भएका अभिनेता सरोज खनालको शनिबार नेपाली चलचित्र उद्योगमा पुर्नजन्म भएको छ । ४७ बर्षे अभिनेता खनाललाई पुर्नजन्म गराउने अविभावक भने निर्देशक यादव सिलवाल र निर्माता कुमार आचार्य हुन् ।
माउण्ट भ्यू मुभिज क्रियसन प्रालिको ब्यानरमा पर्सी १३ गते बाट पोखराबाट सुटिङ्ग सुरू हुन लागेको चलचित्र 'मानव'को शनिबार शुभ साईतमा बोल्दै अभिनेता खनालले चौध बर्षपछी अभिनय गर्ने मौका पाएकोमा आफ्नो पुर्नजन्म भएको प्रतिक्रिया दिएका छन् । लामो समयपछी चलचित्रमा अभिनय गर्न पाउनु आफ्नो लागि बीग च्यालेन्ज भएको भन्दै खनालले सकेसम्म राम्रो अभिनय गर्ने अठोट समेत ब्यक्त गरेका छन् ।
छोटो समयको विदामा नेपाल फर्किएका खनालले २२ दिन भित्र आफ्नो काम सकि अमेरिका जादैछन् । यस्तै निर्माण पक्षले दिएको जानकारी अनुसार खनालको कारण चलचित्रको सम्पादन कार्यपनि सुटिङसंगै हुनेछ । मानव भित्र दानवका विभिन्न रूप हुन्छन भन्ने कुरा देखाईन खोजिएको उक्त चलचित्रमा अभिनेता खनालको अलवा सुनिल थापा, केशव भट्टराई, हिउवाला गौतम, प्रज्जवल गिरि, दीपशिखा शाही, श्वेता भट्टराई आदिको अभिनय रहने छ ।
रत्न कार्कीको छायाकंन, शंकर महर्जनको द्धन्द्ध, विकास चौधरीको संगीत र अजय स्याङतानको नृत्य निर्देशन रहेने उक्त चलचित्रको कथा र गीत निश्चल श्रेष्ठले लेखेका हुन् ।
मिति : २०८१ मंसिर ९, आईतवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
सरोज खनालको पुर्नजन्म
फिल्मीखबर, काठमाण्डौ, 2010/11/27
- १८ वर्षपछि बन्ने भयो ‘भागम भाग’को सिक्वेल
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?
- ‘ह्रस्व दीर्घ’बाट नीताले देखेको २१ करोड
- प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?
- प्रदीप रावतलाई ‘ह्रस्व दीर्घ’को सिक्वेल पनि खेल्ने इच्छा
- स्पेनी भाषामा डबिङ भएर अमेजन प्राइममा आउँदै ‘गोर्खा : बिनिथ द ब्रेभरी’