मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र छायाँकनमा हुस्सु बाधक

गणेश ढकाल, पोखरा, 2010/11/27

बढ्दो जाडो सँगै अहिले उपत्यका बाहिरका जिल्लाहरूमा हुस्सु पनि निकै बढेको छ । हुस्सु बढ्दै गएपछि चलचित्रको छायाँकनमा अबरोध आएको छ ।

 


अहिले राजधानी बाहिर पोखरा, चितवनलगायतका स्थानमा करिब आधा दर्जन चलचित्रहरूको छायाँकन भईरहेको छ तर ति चलचित्रहरूको छायाँकनमा हुस्सुले अबरोध उत्पन्न गरेको चलचित्र निर्माण युनिटले जानकारी दिएको छ । बिशेष गरि अहिले पोखरामा राम्रोसँग चलचित्रको छायाँकन हुन सकेको छैन । मध्यान्न १२ बजेसम्म पनि घाम नदेखिँदा चलचित्रको छायाँकन धेरै समय गर्न नपाएको पोखरामा रहेका चलचित्रका युनिटले बताएका छन् ।

 

गत बिहिबार त दिन भर नै घाम नदेखिएपछि त्यो दिन कुनै पनि चलचित्रको आउट डोर सुटिङ हुन सकेन । 'पहिलो माया हो मेरो' निर्देशन गरिरहेका निर्देशक रामजी लामिछानेले हुस्सुले गर्दा चलचित्रको बजेट बढ्दै गएको बताए । यसैगरी चन्द्रावतीको निर्देशन गर्दै गरेका निर्देशक राजु गिरीले पनि यो मौसममा छायाँकन गरेर दु:ख पाएको बताए । समयमा घाम नदेखिंदा चलचित्रको छायाँकन समयमा गर्न नसकेको उनको भनाई छ । उनी पनि हुस्सुबाट निकै पिडित छन् । यता चलचित्र 'के यो माया हो' को युनिटलाई भने हुस्सुले कुनै असर गरेको छैन । किनकी यो चलचित्रको अहिले इनडोर छायाँकन भईरहेको छ ।

 

छायाँकनका लागी चितवन पुगेको चलचित्र 'दुलही' को युनिटलाई पनि हुस्सुको समस्याले केहि हदसम्म असर गरेको छ भने मौसमका कारणले लामो समयदेखि अबरूद्व हुँदै आएको चलचित्र 'मलाई मन पर्‍यो' को एक गीतको सुटिङ पनि हुन सकेको छैन । यो चलचित्रको युनिट पनि सफा मौसमको प्रतिक्षामा छ । त्यस्तै चलचित्र 'मानव' को युनिट हुस्सुको शिकार बन्न पर्सि सोमबार पोखरा आउँदैछ ।