वलिउड चलचित्रको कुरा गर्ने हो भने त्यहाँ निर्देशक र नायिकाको सम्वन्धको चर्चा निक्कै कम हुन्छन् । अधिकांश सम्वन्धको चर्चा नायक र नायिकाको हुने गर्दछ । नायक र नायिकाको सम्वन्धले वलिउड वजारलाई दैनिक जसो तताईरहेको हुन्छ । तर नेपाली चलचित्र उद्योगमा नायक र नायिकाका चर्चा भने दुर्लभ जस्तै मानिन्छ । जति पनि सम्वन्धका कुराहरु उठ्ने गर्दछन् त्यो नायिका र निर्देशक विचको पाईन्छ । यसैले पनि नेपाली चलत्रिमा देखिने यि घटनाक्रमले वारम्वार कोही न कोही निर्देशक र नायिकालाई चर्चामा ल्याईरहेको छ ।
पछिल्लो समयमा नायिकासँगको सम्वन्धमा निर्देशक दिपक श्रेष्ठको नाम अगाडि छ । दिपक कोही न कोही नायीकासँगको नाम जोडाईले वारम्वार संचारमाध्यमा आईरहेका हुन्छन् । चलचित्र पर्खि बसें निर्देशन गरेपछि दिपकको नाम सोही चलचित्रमार्फत रजतपटमा उदाएकी नायिका युना उप्रेतिसँग जोडिएको थियो । उनिहरुको सम्वन्धको चर्चा आजका दिनसम्म पनि वजारमा रहेको छ । तर केही महिना यता दिपक र युनाको सम्वन्धका कुराहरु सेलाएको पाईन्छ ।
दिपक श्रेष्ठको नाम अहिले नायिका जिया केसीसँग जोडिएको छ । चलचित्र अग्निसाक्षी मार्फत चलचित्र उद्योगमा भित्रीएकी नायिका जियाले उनै दिपकले निर्देशन गरेको चलचित्र 'हो यही हो माया' मा अभिनय गरीसकेकी छिन् । यि दुईलाई अहिले अधिकांश कार्यक्रममा सँगै देख्न सकिन्छ । युना र जियासँग नाम जोडिएका दिपक श्रेष्ठ चलचित्र उद्योगमा अहिले एक्लीएका निर्देशकका रुपमा पनि चिनीन्छन् ।
अधिकांश चलचित्रकर्मी तथा पत्रकारसँग कुरा नमिल्ने भएकाले दिपकको कुरा चलचित्र उद्योगमा भिज्न सकेको छैन । वारम्वार नायिकासँगको सम्वन्धका कारण विवादमा आईरहने श्रेष्ठको सम्वन्ध अहिले नायिका युना उप्रेतिसँग भने चिसिएको छ । दिपकको जियासँग हिमचीम वढ्न थालेपछि युना उनिसँग टाढिएको वुझिएको छ ।
शुक्रवार एक कार्यक्रममा यस्तै एउटा दृश्य देखियो । रेडियो कान्तिपुरको वाह्रौ वार्षिकउत्सव समारोहमा दिपक र जियासँगै देखिए । कार्यक्रम अवधिभर यि दुवै जना सँगै वसेका थिए । कार्यक्रम सुरु भएको केही समय पछि आएका यि दुई जनासँगै वसिरहदा धेरै पत्रकारको क्यामेरामा पनि परे । कार्यक्रम सुरु भएको करिव दुई घण्टा पछि आईपुगेकी युनाले यि दुईलाई कुनै वास्ता नै गरीनन् । यि दुईसँग केही पनि नवोली युना अगाडिको रोमा गएर वसेकी थिईन् । कार्यक्रम अवधिभर यि तीन विच वोलचाल भएन । कार्यक्रम सकिन पन्ध्र मिनेट बाँकी रहँदा जिया र दिपक नाचघरको हलवाट बाहिर निस्किए । जिया र दिपक गए पनि युना भने कार्यक्रम सकिएपछि मात्र बाहिरिएकी थिईन् । कार्यक्रमवाट बाहिरिंदै गर्दा युनाले भनिन्, 'म आएकाले दुई जना निस्किएका हुन् कि क्या हो ?' युनाको यो भनाईले पनि यि तिन विचको सम्वन्धमा चिसोपन आएको वुझ्न सकिन्छ ।
अहिले युना दिपकको क्याम्पवाट विस्तारै बाहिरिएको र उनको क्याम्पमा जिया केसीको प्रवेश भएको हल्ला पनि वजारमा चल्न थालेको छ । दिपकले निर्देशन गरेको चलचित्र 'पहिलो पहिलो माया'मा पनि युना भन्दा पहिला जियालाई अफर गरीएको थियो । तर दिपक र जियाविच आन्तरीक केही कुरा नमिलेपछि युनालाई नै नायिकाको रुपमा लिईएको समाचार संचारमाध्यमा प्रमुखताका साथ आएका थिए ।
जिया र युनाको गृह जिल्ला झापा भएकाले पनि यि दुई विच निक्कै राम्रो सम्वन्ध थियो । युना र जियाले सँगै काम गर्ने भनिएको एक चलचित्रवाट अन्तिम समयमा आएर जिया बाहिरिएपछि यि दुई नायिकाविच सम्वन्ध विग्रीएको छ । जियाले उक्त चलचित्रमा युनाले आफूलाई सहयोग नगरेको भन्दै गुनासो पोखेपछि उनिहरुविच सम्वन्ध चिसीएको हो । अहिले दिपक श्रेष्ठ जियालाई चलचित्र उद्योगमा स्थापीत गराउन लागी परेका छन् ।
चलचित्र उद्योगमा नायिकासँग नाम धेरै जोडिने निर्देशक दिपक श्रेष्ठ र नायिका युना उप्रेतिविच सम्वन्धमा खटपट आएपछि युना अहिले अन्य क्याम्पमा अभिनय गर्नमा नै व्यस्त छिन् । श्रोतका अनुसार नायिका युना उप्रेति अव आफू यस्ता हल्ला र विवादवाट बाहिर निस्कन खोजीरहेकी छिन् । यसैले पनि अहिले उनी दिपकसँग खासै नजिक नभएकी हुन् ।
उता नायीका जिया भने चलचित्र उद्योगमा स्थापित हुनका लागी लागीपरेकी छिन् । आजसम्म जियाले अभिनय गरेका एक चलचित्र पनि प्रर्दशनमा नआएकाले जियाको भविष्य कता जान्छ भनेर यसै भनिहाल्ने अवस्था भने छैन । उता नायिका युना दिपकको क्याम्पलाई छोडेर चलचित्र उद्योगका स्थापित तथा नया व्यानरवाट आफूलाई चर्चित नायिकाको रुपमा उभ्याउने सोचमा रहेकी छिन् । यसैले चलचित्र उद्योगमा नायिकासँग सम्वन्ध स्थापित गर्नमा खप्पिस मानिएका निर्देशक दिपक श्रेष्ठको दुवै हातमा लड्डु राख्ने सपना धरापमा परेको छ ।