मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किम्फ फेस्टिवलमा ६२ चलचित्र

फिल्मीखबर, काठमाण्डौ, 2010/11/30

विगत दश बर्षदेखि हिमालयन एसोशिएसनले अयोजना गर्दै आएको अर्न्तराष्ट्रिय हिमालयन चलचित्र  महोत्सव (किम्फ)मा यो बर्ष प्रतिष्पर्धा, गैर प्रतिष्पर्धा र पानारोमा गरी जम्मा ६२  वटा फिल्म देखाईने भएको छ ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विश्वभरबाट सहभागी हुन आएका  ६२ मध्ये ३५ मुलुकबाट छानिएका फिल्मलाई  सहभागी गर्राईनुको साथै पानारोमा अर्न्तगत  नेपालका  ६ वटा चलचित्र समावेश गरी कुल ६२  वटा चलचित्र देखाईने आयोजकले जानकारी दिएको छ । यस्तै पत्रकार सम्मेलनमा दिएको जानकारी  अनुसार पानारोमा बाहेकका  ५६ मध्ये  २० वटालाई प्रतिष्पर्धा र ३६ वटालाई  गैर प्रतिष्पर्धा अर्न्तगत देखाईने छ । जस मध्ये नेपालबाट केशङ छिरिङको शेरिङ डोल्मा भन्ने चलचित्र पनि  प्रतिष्पर्धा अर्न्तगत छनौटमा परेको छ ।

काठमाण्डौको भृकुटी मण्डप स्थित राष्ट्रिय सभा गृह तथा टुरिजम बोर्डको हलमा आगामी मंसिर २३ देखि २७ गते सम्म सञ्चालन हुने उक्त महोत्सवमा ब्रिटेन, चीन र नर्वेका जुरीहरू रहने छन् । प्रतिष्पर्धामा सर्वोत्कृष्ट हुने एक चलचित्रलाई १५ सय अमेरिकन डलर, दृत्तियलाई १ हजार र तृतियलाई ५ सय डलर प्रदान गरिने छ र दर्शक छनौटको आधारमा एक चलचित्रलाई पनि सम्मान गरिने छ ।

 यस्तै पानारोमा अर्न्तर्गत नेपालका ६ वटा फिल्म मध्ये उत्कृष्ट हुने एकलाई नगद रू २५ हजार समेत  प्रदान गरिने किम्फले जनाएको छ ।

आँठौ भनिएको उक्त महोत्सवमा  चलचित्र हेर्न  अन्यले ३० रूपैया र विद्यार्थीले १० रूपैया तिर्नु पर्ने छ ।