मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हाँसि देऊ एक फेर नचलाउन भारतीय दवाव

अनुप भट्टराई, काठमाण्डौ, 2010/12/02

नेपालको अधिकाशं क्षेत्रमा भारतीय प्रभाव परिरहेको बेला सिनेमा उद्योगमा पनि भातरिय हस्तक्षेप देखिंएको छ । जस्को पछिल्लो उदाहरण बनेको छ बिग सिनेमा र त्यहाँ प्रदर्शन गर्ने भनिएको नेपाली चलचित्र 'हाँसि देऊ एक फेर' ।


भोली शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउन लागेको मह जोडी अभिनित चलचित्र हाँसि देऊ एक फेर कमलपोखरी स्थित सिटि सेन्टरमा रहेको  बिग सिनेमामा चलाउने तयारी गरिएको थियो तर अन्तत: सो खबर भारत पुगेपछी नेपाली सिनेमाको हित नचहानेहरूले नेपाली फिल्म त्यहाँ प्रदर्शन गर्न पूर्ण रोक लगाएका छन् ।

 

एक दिन होल्ड गरिएको यस समाचारलाई फलोअप गर्दै जाँदा हिजो बुधबार बिहान कमिङ सुन होर्डिङ बोर्डमा हाँसि देऊ एक फेरको पोष्टर टाँसिएको थियो तर बिहिबार बिहान सोही स्थानमा रितिक रोशन अभिनित चलचित्र गुजारिसको पोष्टरलाई हलिउड चलचित्र अनस्टपेपवलसँगै नाउ सोईङ भनि टाँसिएको छ ।

स्थापना भएको एक बर्ष हुन लाग्दा पनि हालसम्म कुनै नेपाली चलचित्र नदेखाईएको बिग सिनेमामा पहिलो पटक हाँसि देऊ एक फेरको प्रदर्शन गरिने पूर्ण सहमति भएको थियो तर सो खबर एकाएक भारत पुगेपछी फ्याक्स मार्फत सिनेमा ब्यवस्थापकलाई नचलाउन दवाव आएको स्रोतले जनाएको छ । यति सम्मकी चलचित्रका निर्माता राजेश कुमार स्वंगमिखाले खुशी हुँदै फिल्म प्रदर्शन गर्न प्रिन्ट समेत लिएर बिग सिनेमा पुगेका थिए तर ब्यवस्थापनले बुधबार अपरान्ह त्यो प्रिन्ट फर्काईदिएको थियो ।


संयोग पनि कस्तो ? जुन सिनेमा भवनको उदघाटन मह जोडीले गरेका थिए आज उनीहरू अभिनित चलचित्र प्रदर्शनमा रोक लगाईएको छ । फिल्मीखबर मार्फत हामीले यस समाचारलाई तस्बिर सहित सार्वजनिक गर्ने प्रयास गरेका छौं । संगैको तस्बिरले आफै बोल्दछन् कमिङ सुन लेखेर टाँसिएको त्यो पोष्टर किन हर्टाईयो ?

 

                                                               

                       बुधबार टाँसिएको पोस्टर                                                                  बिहिबार टाँसिएको पोस्टर