चलचित्र 'तुलसी' बाट नायकको छबि बनाउन लागेका मोडल बिमलेश अधिकारीले आफ्ना सहकर्मी साथी अमरदीप तामाङको सहकार्यमा नेपाली चलचित्र र मोडलिङ क्षेत्रलाई लक्षित गरि काठमाण्डौको बागबजारमा बुटिक सञ्चालन गर्दैछन् ।
गत दशैं देखि बुटिक सञ्चालन गर्ने योजनामा लागेका बिमलेशले तिहार पछि कामको थालनी गरेका हुन् । करिब ८ लाखको लगानीमा सञ्चालन हुन लागेको सो बुटिकमा महिलाका लागी आकर्षक ड्रेस उपलब्ध हुने बिमलेशले जानकारी दिए । अहिले महिलाको मात्र ड्रेस उपलब्ध भए पनि केहि समयपछि पुरूषका ड्रेसहरू पनि उपलब्ध हुने उनको भनाई छ ।
आफू कलरको सौखिन रहेकोले कपडा पनि कलरसँग केहि सम्बन्धित रहेकोले यस्तो व्यबसाय तर्फ आफ्नो झुकाव रहेको बताउँदै बिमलेश भन्छन्, 'नेपाली चलचित्र क्षेत्र र मोडलिङ क्षेत्रमा ड्रेसको आवश्यकतालाई मध्य नजर गरेर मैले बुटिक सञ्चालनमा ल्याउन लागेको हुँ ।' बुटिकमा आफूलाई मन पर्ने डिजाईनहरू अर्डर गरेर बनाउन सकिने बिमलेशले बताए । बुटिकमा आवश्यक पर्ने गुणस्तरिय कपडाहरू कलकत्ता र दिल्लीबाट ल्याईने उनको भनाई छ ।
अबको करिब १५ दिन भित्रमा बागबजारमा बिमलेशको 'पोषाक बुटिक' को उदघाटन भईसक्नेछ जसको उदघाटन चलचित्र क्षेत्र र मोडलिङ क्षेत्रका व्यक्तिहरूको हातबाट गरिने छ ।
हेमन्त शर्माको 'थापन थाप हातैमा..' बोलको गीतबाट मोडलिङ यात्रा शुरू गरेका बिमलेशले अहिलेसम्म करिब ६० म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् भने उनले अभिनय गरेको चलचित्र 'तुलसी' निर्माणाधिन अवस्थामा छ ।