हिरो उत्तम प्रधानको व्यस्तताले गर्दा एउटा गीतको छायाँकन अड्किएको सबिर श्रेष्ठ निर्देशित दोस्रो चलचित्र इशाराको छायाँकन आज शनिबारबाट सुरु गरिएको छ ।
एउटा गीतको छायाँकन बाँकि रहेपनि पोष्ट प्रोडक्सनमा कार्य भने अन्तिम चरणमा पुगेको उक्त चलचित्रका लागि नायक प्रधान सिक्किमबाट शुक्रबार साँझ काठमाण्डौ आएपछी अड्किएको आफ्नो कामलाई सबिरले पुनः सुरु गरेका हुन् । शनिबार नगरकोटमा नृत्य निर्देशक राजु शाहले उत्तम र सोही चलचित्रकी नायिका एव निर्माता उमा बेबीलाई नचाए ।
बाँकि रहेको उक्त गीतको छायाँकन भोली सम्म सकिसक्ने र केही दिन भित्रै उत्तमको डबिङ सक्ने सबिरले फिल्मीखबरलाई जानकारी दिएका छन् । बिशुद्व प्रेम कथामा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्रमा उत्तम र उमाका अलवा रेखा थापा र भुपेन चन्द पनि मुख्य भूमिकामा छिन । शिबम् अधिकारीको कथा, शिव ढकालको छायाँकन, महेश खड्काको संगीत रहेको सो चलचित्र आगामी बैशाखमा सम्ममा प्रदर्शन गरिने निर्देशक सबिरले जानकारी दिए ।