मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली चलचित्रका विनाशका दिन सुरु

बिजय आवाज, काठमाण्डौ, 2010/12/05

पचास वर्षको अवधिमा पनि वामे सर्दै  गरेको नेपाली चलचित्र उद्योग जेनतेन गरेर आजको दिनमा आईपुगेको हो । पचास वर्षको अवधिमा यो क्षेत्रले के फड्को मार्‍यो भनेर सवैले आ-आफ्नै तरीकाले विचार विश्लेषण गरेका होलान् । तर एउटा कुरा के सत्य हो भने सवैले आफ्नै हितका लागी मात्र चलचित्र क्षेत्रलाई प्रयोग गरीरहेका छन् ।

यहाँ चलचित्रको विकास भन्दा पनि व्यक्तिको विकास हावी भएको छ । सायद चलचित्र क्षेत्रको विकास नहुनुको एउटा प्रमुख कारण यो पनि हुनसक्छ । यो वर्ष चलचित्र उद्योगका लागी शुभ संकेत वोकेर आएको छैन । वि.सं २०६७ सालले चलचित्र क्षेत्रलाई धेरै कुरा दिनु भन्दा
पनि धेरै कुरा गुमाएको छ ।


यो वर्षको सुरुवातवाट आजका दिनसम्म मात्र काठमाण्डौमा चालीस भन्दा वढि चलचित्र प्रदर्शनमा आएका छन् । आठ महिनाको अवधिमा चालीस चलचित्र प्रदर्शनमा आउनु भनेको महिनामा ५ चलचित्र प्रदर्शनमा आउनु हो । एक महिनामा पाच चलचित्र प्रदर्शनमा आउनुलाई दुर्भाग्य नै भन्नु पर्छ  ।



आखिर के साच्चिकै चलचित्र राम्रो नवनेकाले नै यसरी हलवाट हप्ता दिन नवित्दै उत्रिएका हुन् त  ?  कुनै समय विश्वज्योती हल कुरेर वस्ने चलचित्रका संख्या धेरै थियो । तर आजका दिनमा यो संख्या दर्जनको हारहारीमा पनि छैन । काठमाण्डौका हलमा अवको केही महिनामा नेपाली चलचित्रको अभाव हुने पक्का देखिएको छ । नेपाली चलचित्र हप्ता दिन पनि हलमा नचल्नु चलचित्र मात्र नराम्रो वनेकाले होईन यसको पछाडि पनि ठूलै कारण लुकेको छ ।


नेपाली चलचित्रको अभाव जव हलमा हुन थाल्दछ यसपश्चात त्यहाँ चल्ने भनेको हिन्दी या अंग्रेजी चलचित्र नै हो । नेपाली चलचित्र चल्ने हलमा कुनै विदेशी चलचित्र चल्यो भने अव भन्नुहोस् के चलचित्र उद्योगको विनाश सुरु हुदैन ? यो वारेमा न त चलचित्र सम्वन्धी संघसंस्थाले नै सोचेका छन् न त राज्यले नै ।


गत वुधवार र बिहिबार कै कुरा हेरौ । काठमाण्डौको सुविधा सम्पन्न र अत्याधुनिक हल भनेर चिनिएको बिग सिनेमामा नेपाली चलचित्र 'हाँसि देऊ एक फेर' चल्ने पक्का भएको थियो । तर वुधवारका दिनसम्म चलचित्र चल्ने भनेर पोष्टर समेत टासिए पनि अन्तिम समयमा आएर 'हाँसि देऊ एक फेर' नचल्ने भयो । त्यस ठाँउमा हिन्दी चलचित्र गुजारीसको पोष्टर लगाईयो । पोष्टर समेत टासिसकेको हलमा एकाएक हिन्दी सिनेमाले प्रवेश पाउनु पाए पछि यो कुरा शंकाको घेराभित्र छ । यस्ता किसिमका मल्टीप्लेक्स हलहरु काठमाण्डौमा धमाधम खुलिरहेका छन् । तर यि हलहरुमा नेपाली सिनेमा चल्ने त परको कुरा प्रिमियर सम्म गर्न पनि धौ धौ पर्छ ।



यस्ता हल संचालन गर्नेहरु नेपाली सिनेमाको कुनै क्वालीटी नै हुदैन भन्छन् । नेपाली सिनेमाको कुनै क्वालीटी नै हुदैन भन्ने जानेकाहरुले किन नेपालमा आएर हल चलाउछन् त ?  जुन देशमा हल संचालन हुन्छ त्यही देशको चलचित्रलाई पुरा असर गर्ने गरेर विदेशी चलचित्र चलाउने यस्ता हलहरुलाई संचालनको अनुमति किन दिईन्छ ?  विदेशी लगानीमा खुलेका यस्ता हलहरुले कसरी नेपाली सिनेमाको विकास गर्छन् ? नेपाली चलचित्र नचलाउन भन्दै सोझै सिमाना पारीवाट पत्र काटिदा पनि किन यहाँ चलचित्रका संघसंस्था कानमा तेल हालेर वस्छन् । प्रश्न यतिवेला चारैतिरवाट उव्जिएको छ ।


नेपाली सिनेमा हप्ता दिन नवित्दै हलवाट उत्रिएपछि निर्माताहरु चलचित्रमा लगानी गर्न निरुत्साही वन्दै गएका छन् । निरन्तर रुपमा चलचित्र वनाउने निर्माताहरुको संख्या आधा दर्जन पनि छैन । यसले के कुरालाई इंगित गरेको छ त  ?  नेपाली चलचित्रलाई काठमाण्डौवाट वाईवाई गराउनका लागी एउटा गिरोह नै सक्रिय छ यतिवेला जसले हिन्दी चलचित्रको दलाली गर्दछ । हो, हिन्दी चलचित्रको दलाली गर्नेहरु काठमाण्डौमा हिन्दी चलचित्र मात्र चलाउने योजनावद्ध तरीकाले अगाडि वढेका छन् । यसैले नेपाली चलचित्रलाई सिध्याउने र काठमाण्डौमा विदेशी सिनेमालाई एकछत्र राज गराउने षड्यन्त्रको जालो भित्रभित्रै वुनिदैछ ।



यो वारेमा वेलैमा नसोच्ने हो भने नेपाली चलचित्र विनाशको गतिमा धकेलिने पक्का छ । यसको सुरुवात भई पनि सकेको छ । एकातिर हलमा चलचित्र हप्ता दिन पनि नटिक्नु अनि अर्कोतिर चलचित्रको होल्डओभरको  नाममा सिन्डीकेट प्रथा लाद्न खोज्नु नेपाली चलचित्रको विनाशको एउटा सुरुवात वनिरहेको छ ।


नेपाली चलचित्रले विदेशी चलचित्रसँग आफ्नै देशमा चर्को प्रतिस्पर्धा खेपिरहेको छ । हिन्दी सिनेमाहरु खुलेयाम रुपमा यहाँ प्रदर्शनमा आउछन् । अनि तिनै चलचित्र चलाउनैका लागी नेपालमै खुलेका हलहरुले नेपाली सिनेमालाई उपेच्छा गर्दछन् । किन लाग्दैनन् यस्ता मल्टिप्लेक्स हलहरुमा नेपाली सिनेमा ? सरकारले नेपाली सिनेमा चलाउनै पर्ने शर्त सहित यस्ता हलहरुलाई संचालनको अनुमति दिन किन सक्दैन ?  यसैले  नेपाली सिनेमाको भविष्य कता जान्छ भनेर यसै भनिहाल्ने अवस्था आजका दिनसम्म पनि छैन ।


यसवारेमा वेलैमा नसोच्ने हो भने  नेपाली चलचित्रको विनाशको दिन आउने निश्चीत छ । केही वर्ष अघि नेपाल आएकी वलिउड नायिका माधुरी  दीक्षितले विमानस्थलवाट निस्कने वित्तिकै वाटोको चारैतिर भारतीय कलाकारको पोष्टर देखेपछि नेपाललाई भारतको एउटा प्रान्त भनेकी थिईन् । फेरी पनि नेपाली भूमिमा भारतीय सिनेमाको दवदवा सुरु भयो भने कुनै अर्को वलिउड कलाकारको मुखवाट यस्ता शब्द आउदा अव हामी अचम्म नमान्दा हुन्छ ।


अरुले के भन्यो भनेर सोच्नु भन्दा पनि यस्ता कुरा आउन नदिन कसरी अघि वढ्ने भनेर सोच्नु आवश्यक छ । हामी नेपाली सिनेमाको विनाश होईन विकास चाहान्छौ । जय नेपाली सिनेमा !