मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तेह्र किलो तौल घटे हिरोइन

फिल्मीखबर, काठमाण्डौ, 2010/12/05

टेलिभिजनको  पर्दामा  नम्बर वान हिरोइनको संज्ञा पाएकी  दीपाश्री निरौलाले आफ्नो तौल  १३ किलो घटे पुनः हिरोइन हुने बताएकी छिन् । कुनै समय चलचित्रकी नायिका समेत रहेकी निरौलाले यो समयमा  पनि विभिन्न फिल्मबाट हिरोइनमा  खेल्ने आफर आईराखे पनि  आफ्नो ज्यानको कारण फिल्म खेल्न नसकेको बताईन् ।

हाल ६८ किलोकी दीपाले पछिल्लो समय  तौल घटाउने प्रयास पनि गरिरहेकी छिन् । २०५४ सालमा नासो चलिचित्र डेब्यू दीपाले ४ बर्षको अवधिमा करिब एक दर्जन चलचित्रमा हिरोइन भएर काम गरिसकेकी छिन्  । २०६० बाट हास्य टेलिचलचित्र  तितो सत्यको प्रसारण सुरू भएपछी उनले नायिकाको पेशालाई ब्रेक लाउदै आफ्नो करिअरलाई नयाँ मोड दिएकी थिइन् ।

उनले हिरोइन भएर खेलेको र धेरै चर्चामा आएको चलचित्र गाउँले हो । जसमा राजेश हमालको जोडी भएर उनी देखिएकी थिइन् । तितो सत्यको मुख्य कलाकार दीपाले सो यूनिटले निर्माण गर्न लागेको फिल्ममा आफु हिरोइन हुने करिब पक्का भएपनि  तौलको कारण रिजेक्ट हुन सक्ने सम्भवाना  धेरै भएको भन्दै जसरी भए पनि १३ किलो तौल घटाएर ५५ मा झार्ने बताएकी छिन् । हेरौं पुनः हिरोइन हुने दीपाको रहरलाई ज्यानले साथ देला या नदेला ?