मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जनतालाई स्वाभिमानको पाठ

कृष्ण न्यौपाने, दमौली , 2010/12/07

दमौलीको उत्तरशिला चलचित्र मन्दिरमा प्रदर्शन भइरहेको चलचित्र स्वाभिमानले देशका सबै जनताले आफ्नो स्वाभिमानले काम गर्न पाएमा देशमा शुसासन कायम गराउन सफल हुने विश्वास लिएको छ ।

 

चलचित्रको बारेमा दर्शकको प्रतिक्रिया बुझ्न सोमबार दमौली आएका चलचित्रका निर्माता, निर्देशक र कलाकारहरुले सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनतालाई स्वाभिमानको पाठ पढाउन चलचित्र सफल हुनेमा विश्वास व्यक्त गरे । चलचित्रका निर्देशक मदन घिमिरेले चलचित्रमा देशको हालको वर्तमान यथार्थलाई प्रस्तुत गरेको बताए । हरेक क्षेत्रमा डनहरुको चलखेल भएको र उनीहरुले नै वास्तवमा देश चलाईरहेको यथार्थलाई चलचित्रमा प्रस्तुत गरेको घिमिरेले बताए ।

 

पहिलो पटक निर्माणको पनि अनुभव बटुलेका घिमिरेले निर्देशन भन्दा निर्माण पक्ष जटिल भएको प्रतिक्रिया दिए । दर्शकलाई फरक स्वाद दिन चलचित्र सफल भएको पनि उनको दावी थियो । त्यसैगरी चलचित्रका अर्का निर्माता एवं कलाकार रामकेशर बोगटीले चलचित्रमा कर्मचारीतन्त्रको सकारात्मक पक्षलाई उजागर गरिएको बताए । देशमा कानूनी शासन भन्दा पनि डनहरुको शासन भएको वास्तविकतालाई चलचित्रमा देखाइएको उनको भनाई थियो ।


एक्सन प्रधान सो चलचित्रमा महानायक राजेश हमाल, सुमन सिंह, झरना थापा, सौजन्या सुब्बा, रामकेशर बोगटी, रमेश बुढाथोकी, मुकुन्द थापा, रवि गिरी लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्र दमौली सहित देशका १५ भन्दा बढि स्टेशनमा प्रर्दशन भएको र दर्शकको राम्रो प्रतिक्रिया पाएको चलचित्रका वितरक केदार पराजुलीले बताए ।