
मंसिरको यो याम हेमन्त भएपनि फिल्मी क्षेत्रका लागि भने निकै खडेरी सावित भएको छ । खडेरी केबल ब्यापारको मात्र हैन यहाँ हिरोइनको पनि परेको छ । पछिल्लो समयमा नयाँ-नयाँ नायकको संख्या हवात्त बढेपनि भने जस्तो नायिका पाउँन नसक्दा निर्माता र निर्देशकहरू निकै तनाव ग्रस्त भएका छन् ।
हिरोइन नपाएर तनवामा पर्ने निर्देशकहरूमा बरिष्ठ निर्देशक शिव रेग्मी देखि लिएर नयाँ नयाँ निर्देशकहरू समेत परेका छन् । १८औँ चलचित्र फूलको छायाकंन सकेर १९ औँ प्रोजेक्टमा हात हाल्न लागेका निर्देशक रेग्मीले आफ्ना निर्माता केशव भट्टराईसंग दिनरात नयाँ हिरोइन खोजि रहेका छन् । कलाकार समेत रहेका निर्माता भट्टराईको नयाँ प्रोजेक्टमा काम गर्न लागेका रेग्मीलाई फिल्मको कथा अनुसार हिरो मिले पनि भने जस्तो हिरोइन नपाँउदा उनको उन्नइसौ प्रोजेक्ट अहिले अलमलमा परेको छ ।
यस्तै तेस्रो प्रजोक्ट काठमाण्डू नाईटको लागि सम्पूर्ण कलाकार फाईनल भईसके पनि निर्देशक दीपेन्द्र के खनालाई पनि रेग्मीको जस्तो हिरोइनको अभाव निकै खड्किएको छ । दीपेन्द्रले आफ्नो हिरो आर्यनसँग म्याच हुने नायिका नपाएकाले उनको प्रोजेक्ट पनि कहिले बाट सुरू गर्ने भन्ने बारेमा उनी आफै अन्योलमा छन् । यस्तै म्यूजिक भिडियो निर्देशकबाट चलचित्र स्वर मार्फत फिल्मी निर्देशकको परिचय बनाउदै गरेका प्रशन्न पौडेलले पनि आफ्नो दोस्रो प्रोजेकट बिकज आई लभ यू को लागि कथा अनुसार म्याच हुने हिरोइन खोजि रहेका छन् । प्रशन्नले पनि भने जस्तो हिरोइन पाँउन नसक्दा उनको सुटिङ्ग पनि झण्डै एक महिना पर धकेलिएको छ । आफ्नो फिल्मका लागि अधिकाशं कलाकार फाईनल भएपनि हिरोइन विना भ्यालेनटाईन डे का लागि पोष्टपोण्ड गरिएको प्रशन्नका प्रोजेक्ट अझै केही पर र्सर्ने सम्भावनाहरू प्रशस्त देखिएका छन् ।
प्रशन्न मात्र हैन फष्टलभ जस्तो सफल चलचित्र बनाएका निर्देशक सिमोश सुनुवारले पनि आफ्नो तेस्रो प्रोजेक्ट अनसिन पावर को लागि खोजे जस्तो हिरोइन पाउन सकेका छैनन् । पूर्ण रूपमा अंग्रेजी भाषाको उक्त चलचित्रका लागि विदेशी लुक्स भएको कलेज गर्ल पाउन साथ उनले आफ्नो प्रोजेक्ट सुरू गरिहाल्ने बताएका छन् । यस्तै सोमबारबाट मात्र गीत रेकडिङ कार्य सुरू गरिएको चलचित्र नबोलेनी हाँसि राखनको निर्देशक आर बि के शरदलाई पनि हिरोइनको अभाव खड्किएको छ । यस्तै पाँचौ प्रोजेक्ट मालतीको भट्टीको छायाकंन सकेर छैठौ चलचित्र हाम्रो माया जुनिलाई निर्माण गर्न लागेका निर्माता प्रदिप उदय र निर्देशक ऋषि लामिछानेले पनि लभर गर्ल हिरोइन पाउन नसक्दा उनीहरूको प्रोजेक्ट पनि अन्योलमा परेको छ ।
यि त भए केही उदाहरण मात्र । पछिल्लो समय जसरी फिल्म निर्माण कार्य हवात्त अघि बढेको छ त्यसैगरी नवनायिकाहरूको अभावले निर्देशकहरूले १० बर्ष अगाडी देखि निरन्तर देखिएका नायिकाहरूलाई आफ्नो प्रोजेक्टमा लिन बाध्य हुनु परेको बताउँछन् । के नेपालमा राम्रा युवती नै छैनन् वा हिरोइन खोज्ने जाँगर चलचित्रकर्मीलाई नभएको हो ? दशकौ देखि यो क्षेत्रमा लागेका निर्माता निर्देशकहरूले कुनै पनि त्यस्तो संस्था खोल्ने प्रयास गरेका छैनन् जहाँ हिरोइनहरू सजिलैसंग उत्पादन हुन सकुन । आफन्त र परिवारले प्रभावित भएको नेपाली फिल्म इन्डष्ट्रीमा अब नयाँ हिरोइनको आवश्यक्ता पक्कै खड्किएको छ ।