मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुई पुस्ताको सिनेमा धर्मा

फिल्मीखबर, काठमाण्डौ, 2010/12/07

मंसिर २४ गते अर्थात पर्सी शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउन लागेको मनीषा कोइराला अभिनित चलचित्र धर्मा दुई पुस्ताको दर्शकलाई लक्षित गरेर बनाईएको  निर्माण पक्षले दाबी गरेको छ ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो चलचित्रकी निर्माता डा. दुर्गा पोखरेलले प्राय  फिल्महरू एउटा बर्गलाई मात्र लक्षित गरेर बनाईरहेको बेला आफ्नो फिल्म भने दुवै पुस्ताको दर्शकलाई लक्षित गरेर निर्माण गरिएको बताएकी छिन्  । सामान्य बिषय बस्तु भएपनि उत्कृष्ट रूपमा चलचित्र बनाईएको भन्दै उनले भनिन् 'सम्पूर्ण  कलाकारहरूको समिश्रण सहित गम्भीर रूपमा फिल्म बनाईएको छ ।'  दीपेन्द्र के खनाल निर्देशित उक्त चलचित्रको कथा मन परेको र फिल्म निर्माणमा हात हालेको भन्दै राजनीतिक क्षेत्रकी यि निर्माताले आफ्नो प्रस्ताव अनुरूप मनीषाले खेल्ने निर्णय गरेपछी  फिल्म निर्माणमा झन हौसला बढेको उनको भनाई थियो । 

आफ्नो फिल्म राम्रो होस वा नहोस तर राम्रो भन्दै हिड्ने नेपाली निर्देशकहरू भन्दा फरक ढङ्गमा पत्रकार सम्मेलनमा उपस्थित भएका निर्देशक खनालले  पूर्ण विश्वासका साथ विना घमण्ड भन्दै थिए 'म आफ्नो फिल्मलाई राम्रो भन्न चाहन्न ।'   यध्पी फिल्मको काउनडाउन सुरू भएकाले केही डर लागि रहेको दीपेन्द्रको भनाई थियो ।

यस्तै दुई दशक पछि बलिउडबाट कलिउड फर्किएकी फेरी भेटौला नायिका मनीषा कोइरालाले लामो समय पछी नेपाली डाईलग बोल्न पाएकोमा  निकै खुशी लागेको बताईन् । केही दिन अघि मात्र भारतबाट फर्किएकी मनीषाले मुम्बईमा आफूलाई बलिउड र नेपाली फिल्ममा के फरक पाउनु भयो भनेर सोध्दा उनले 'त्यति साह्रो फरक नपाएको' बताईन् । यस्तै फिल्मीखबरले मनीषालाई अब अर्को फिल्ममा खेल्ने प्रस्ताव आए के गर्नुहुन्छ भन्ने प्रश्नमा अवश्य खेल्ने प्रतिक्रिया दिएकी छिन् ।

आष्मा फिल्मसको ब्यानरमा मनीषा कोइरालाका  अलवा महानायक राजेश हमाल, निखिल उप्रेती, अनु शाह तथा नयाँ प्रस्तुतीको रूपमा संयोग पोखरेल आदिको मुख्य भूमिका रहेको उक्त चलचित्रमा वर्तमान नेपाली राजनीतिक अवस्था, कर्मचारी तन्त्रमा फैलिएको भष्ट्रचारको बिषयलाई बुलंद शैलीमा प्रस्तुत गरिदै राष्ट्रियताको बिषयको कथालाई जोड तोडका साथ उर्ठाईएको बताईएको छ ।