सायद आफ्नो डिभोर्सको कुरा पुनः तात्ने भएपछी अभिनेत्री मनीषा कोइरालालाई त्यो समय डर लागेको थियो त्यसैले त सञ्चारकर्मीले आफुले घेर्नु अघि नै उनले सम्हाल्दै स्पष्ट आग्रह गरिन 'नो पर्सनल कोइश्चन !'
मंगलबार आफू अभिनित चलचित्र धर्माको प्रेस मिटमा आमा शुष्मा कोइरालाको साथमा उपस्थित भएकी अभिनेत्री कोइरालले आफ्नो डिभोर्सको समाचार विश्वब्यापी भएको खबर सार्वजनिक भएको बिषयलाई सञ्चारकर्मी माझ पुनः खोतल्न चाहिनन् । पाँच महिना अघि सम्राट दाहालको नाममा उनले लगाएको सिन्दुर मंगलबार पनि उनको सिउँदोमा सजिरहेको थियो ।
लामो समय पछी धोती र बर्कोमा एउटा पूर्ण बिवाहित महिला जस्तै भएर सञ्चारकर्मीमाझ देखिएकी ४० बर्षीया कोइरालाले आखिर किन आफ्नो डिभोर्सको समाचारलाई नो कोइश्चन ! भन्दै टार्न खोजिन त ? के उनले आग्रह गरेको त्यो नो कोइश्चन भित्र अब उनी सम्राटको नाम नै लिन चाहान्न् वा सम्राट भन्ने शब्द उनका लागि घृणाको शब्द भैसक्यो ? सम्राट र उनको सम्बन्धको वारेमा विविध अड्कल बाजी चलिरहेको बेला मंगलबार उनले थप शंका र सकारात्मक आशंकाका शब्दलाई एक साथ आफ्नै मुखबाट फुत्काएकी छिन् , नो कोइश्चन भन्दै ।
यदि सम्राटसँग उनले सम्बन्ध विच्छेद नगरेको भए सञ्चारकर्मीमाँझ उपस्थित हुँदा सम्राटको नामको त्यो सिन्दुर किन उनले लगाएकी होलिन् ? के त्यो सिन्दुर अब देखावटी मात्र भएको हो वा दरार उत्पन्न भएको आफ्नो सम्बन्ध पुनः पहिलेको जस्तो राम्रो भयो भन्ने संकेत दिन उनले त्यो सिन्दुर मार्फत सञ्चारकर्मीलाई ग्रिन सिग्नल दिदै नो कोइश्चन भनेकी हुन ? निकै गर्भमा रहेको मनीषा र सम्राटको सम्बन्ध विच्छेदको खबर फिल्मीखबर डटकमले र्सवप्रथम प्रकाशित गरेपछी यो समाचारलाई विश्व भर चासोको रूपमा हेरियो । आखिर के छ नयाँ जोडी मनीषा र सम्राटबीचको बास्तविक सम्बन्धको अवस्था ? यस रहस्यलाई सःप्रमाण हामी चाडै नै पर्दाफास गर्ने प्रयासमा छौ । प्रतिक्षा गर्नुहोला ।