मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूर्वमा चलचित्रको व्यापार खस्कदों

अर्पण ढकाल, धरान, 2010/12/08

मंसिर दास्रो साता पूर्वबाट तीन चलचित्रहरु एकै साथ प्रदर्शनमा आए । प्रदर्शन अगावै राम्रो चर्चा पाएका बाटो मुनिको फूल,  हाँसि देउ एक फेर र खुसी मध्ये एक चलचित्र बाटो मुनीको फुलले मात्र राम्रो व्यापार गर्दै उत्साजनक प्रदर्शन गरिरहेको छ । अन्य चलचित्रहरुले भने पूर्वमा राम्रो व्यापार गर्न सकेका छैनन ।

 

यश कुमार प्रस्तुतकर्ता भनिएको बाटो मुनिको फूलले पूर्वेली दर्शको मन जित्न सफल भएको छ । प्रदर्शन अगावै राम्रो चर्चा पाएको चर्चित हास्य कलाकार हरिबंश आचार्य र मदन कृष्ण श्रेष्ठको अभिनय रहेको तथा शिव रेग्मीले निर्देशन गरेको चलचित्र हाँसि देउ एक फेरले भने प्रदर्शन पछित्यती राम्रो चर्चा पाउन सकेन । चलचित्रले व्यापार समेत राम्रो गर्न सकेन ।

 

पूर्व धरान स्थित शिव सिनेमाबाट प्रदर्शन सुरु गरेको चलचित्रले प्राय हाउस फुल रहने हलमा दर्शक पाउन सकेको छैन । शनिबार समेत दर्शक पाएन सो चलचित्रले जसको कारण हल सञ्चालक समेत सो चलचित्र परिवर्तन गर्नै सोचमा रहेको बुझिएको छ । चर्चा अनुरुपको व्यापार गर्न नसकेपछि सो चलचित्र मंसिर अन्तिम साताबाट पूर्वका दमक, विर्तामोड लगाएतका हलहरुमा प्रर्दशन गरिने निमार्ण पक्षले जनाएको छ ।

 

यता गोपी कृष्ण मुभिजको व्यानरमा निर्माण भएको चलचित्र खुसीले पनि पूर्वमा राम्रो व्यापार त गर्न सकेन । व्यापार घाटासँगै चलचित्रले चलचित्रकर्मीहरुको आलेचना समेत खेप्नु पर्यो । यो चलचित्र पूर्वका दमकका दुई सिनेमा घर,  विर्तामोड, वेलबारी, पथरी लगायतका चलचित्र भवनमा प्रदर्शनमा आएको छ । नाम अनुसार चलचित्रले दर्शकलाई खुसी पार्न भने सकेको छैन जसका कारण हलवालाहरूले दर्शक कम आएर केही हलमा शो नै वन्द गर्नुपर्यो  ।


यता सँगै प्रदर्शनमा आएको चलचित्र बाटो मुनिको फूलले शुरूवात देखी नै सन्तोषजनक व्यापार गरिरहेको हलवालाहरूको भनाई छ । चलचित्र युनिट पुरै चलचित्रको प्रमोसनका लागि पूर्वमा व्यस्त रहेकाले पनि त्यसको असर अन्य दुइ चलचित्रलाई परेको अनुमान गर्न सकिन्छ । गोरखा पल्टन पछि पूर्वमा को व्यापारलाई केहि हदसम्म बाटो मुनिको फूलले आश जगाएको छ । पछिल्लो समयमा यि बाहेकका चलचित्रले भने राम्रो व्यपार गर्न सकेका छैनन् ।