बाबु बेलायती र आमा नेपालीको कोखबाट २३ बर्षअघि अमेरिकामा जन्मिएका धर्मा डेब्यू हिरो संयोग पोखरेलले राम्रोसँग नेपाली बोल्न नजाने पनि अंग्रेजीको प्रयोग नगरी सवैलाई राष्ट्रियताको गतिलो उदाहरण दिएका छन् ।
सन्दर्भ थियो मंगलबार उनको पहिलो खुडि्कलो धर्माको प्रेस मिटको, जहाँ क्रमश: सो चलचित्रका टिमले एकपछी आफ्नो अनुभव सुनाईरहेको बेला कनि कनि नेपाली बोलेका संयोगले त्यो बीचमा एक शब्द पनि अंग्रेजीलाई आफ्नो प्राथामिकतामा राखेनन् । तर सँगैकी अभिनेत्री मनीषा कोइरालाले नेपालीबाट बोल्न सुरू गरेपनी अन्त्य भने अग्रेजीमा गरेकी थिईन् ।
सञ्चारकर्मीमाझ त्यो समय संयोगलाई नेपाली बोल्न निकै गार्हो भैरहे पनि उनीमा अंग्रेजी मोह कत्ति पनि नदेखेपछी उपस्थित सञ्चारकर्मी समेत अचम्ममा परेका थिए । प्रेसमिट पछी फिल्मीखबरले तपाईलाई नेपाली बोल्न कति आउँछ भनी सोधेको प्रश्नमा संयोगले १ सयमा आफूलाई ३० देखि ४० प्रतिशत भनी उत्तर दिएका छन् । यध्यपी उनको बोलीचालि र लेखाईलाई मुल्याकंन गर्दा उनलाई करिब १० प्रतिशत मात्र नेपाली बोल्न र लेख्न आउदो रहेछ ।
जन्मिएदेखि नै अमेरिकाको पढाई र बीचमा ८ देखि १२ कक्षा नेपालको लिकंन कलजेमा पढेका संयोगले त्यसपछी अमेरिकामै दुई बिषयमा स्नातक गरेका छन् । धर्मा निर्माता दुर्गा पोखरेलका छोरा संयोगले यो समय नेपाली बोल्न सिकिरहेको आमा पोखरेलले जानकारी दिएकी छिन् । उनले भनिन्, 'संयोगलाई एकदम धेरै नेपाली बोल्न मन लाग्छ त्यसैले सिकाईरहेको छु ।' धर्मामा अभिनय गर्दा पनि राम्रोसँग उसले नेपालीमा डाईलग बोलेको दुर्गाको भनाई थियो ।
मिति : २०८१ मंसिर ९, आईतवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
अंग्रेजी बोलेनन् संयोगले
फिल्मीखबर, काठमाण्डौ, 2010/12/08
- १८ वर्षपछि बन्ने भयो ‘भागम भाग’को सिक्वेल
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?
- ‘ह्रस्व दीर्घ’बाट नीताले देखेको २१ करोड
- प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?
- प्रदीप रावतलाई ‘ह्रस्व दीर्घ’को सिक्वेल पनि खेल्ने इच्छा
- स्पेनी भाषामा डबिङ भएर अमेजन प्राइममा आउँदै ‘गोर्खा : बिनिथ द ब्रेभरी’