मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अत्याधिक मोटाईन् मनीषा

फिल्मीखबर, काठमाण्डौ, 2010/12/08

'यतिको मोटी अहिले सम्म मैले देखेको थिईन्' मनीषा कोइरालाकी आमा शुष्माले मंगलबार फिल्मीखबरसँग भन्दै थिइन् । हुन पनि डिभोर्सको हल्ला फैलिरहेको बखत सिउँदोमा  सिन्दुर रंगाएर धोती र बर्को सहित  एक कार्यक्रममा भेटिएकी अभिनेत्री कोइराला त्यो समय पूर्ण र परिपक्व  बिवाहित महिला जस्तै देखिएकी थिईन् । कार्यक्रमको अन्त्य पश्चात उनले ब्ल्याक कफि पिइन् त्यो पनि आधा । यस बारेमा फिल्मीखबरले उनलाई प्रश्न गर्‍र्यो कि न त्यति थोरै कफि ?  उनले उत्तर दिईन 'डाईटिङ गर्दैछु त्यसैले ।' 

केही हप्ते मुम्बई बसाईपछी गएको शनिबार नेपाल फर्किएकी अभिनेत्री कोइरालाले काठमाण्डू आए लगत्तै  डाईटिङ सुरू गरेकी छिन् । प्रत्येक दिन उनी पिता प्रकाशको साथमा मर्निङ वाक समेत जान थालेको  साथै घरमै केही घण्टा योगा र हेल्थ कल्व  पनि धाउन थालेको बताईन् । यस्तै शरिर मोटाएपछी आफ्नो खुराकीलाई पनि ५० प्रतिशत भन्दा बढी कम गरिसकेकी छिन् उनले  । 

 

बिहान बेलुकी नै दाल भात खान निकै मन पराउने मनीषाले  केही दिन यता समान्य सागपात र हाई प्रोटिन यूक्त खाना बाहेक अन्य केही नखाएको आमा सुष्माले जानकारी दिएकी छिन् । दाल भात तरकारी अलिकति गोल भेडाको अचार र ध्यू नेपछी मरिहत्ते गर्ने मनीषाले एकाएक डाईटिङ सुरू गरेकाले आफू समेत अचम्ममा परेको मनीषा आमाले बताईन् । उनले भन्दै थिइन् 'उसले त मलाई पनि डाईटिङ्ग गर भनिरहेकी छे यदि आफू नदुब्लाए विदेश समेत नघुमाउने चेतावनी मनीषाले दिएको आमा सुष्माले बताईन् ।

झट्ट हेर्दा पहिलेको भन्दा निकै मोटाएकी मनीषाको तौल डाईटिङ  गर्ने गरी आखिर कति बढेछ त ? मनीषाले जवाफ दिईन 'आईमाईको तौल नसोध्नु ।'