नेपाल चलचित्र निर्माता संघले चलचित्र निर्माण र प्रदर्शनका समस्या र समाधानका बारेमा सचेतना कार्यक्रमको आयोजना गरेको छ । राजधानीको चावहिल स्थित चलचित्र बिकाश बोर्डको भवनमा आयोजना हुन लागेको सो कार्यक्रममा चलचित्र क्षेत्रका थुप्रै चलचित्रकर्मीहरूको उपस्थिती रहेको छ ।
नेपाली चलचित्र उधोगको बिकाश, प्रबर्धन र संरक्षण गर्ने उद्देश्यका साथ आयोजना भईरहेको सो कार्यक्रममा चलचित्रकर्मीको व्यबसायिककरण, चलचित्र राष्ट्रिय नीति निर्माण, नेपाली चलचित्र उधोगमा हुनुपर्ने रूपान्तरण, परिवर्तनशिल र सम्मानयोग्य चलचित्र उधोगको स्थापना, शेयर बाँडफाँड प्रणालीमा हुनुपर्ने परिवर्तन लगायतका बिषयमा छलफल गरिंदैछ ।