हिमालयन एसोशिएसनले आयोजना गरेको आठौं काठमाण्डौ अर्न्तराष्ट्रिय हिमालयन चलचित्र महोत्सव (किम्फ) बिहिबारबाट शुरू भएको छ ।
राष्ट्रिय सभागृहमा सुरु भएको सो महोत्सवमा प्रतिष्पर्धा, गैर प्रतिष्पर्धा र पानारोमा गरी जम्मा ६२ वटा फिल्म देखाईने भएको छ । उदघाटनको पहिलो दिन आज 'बिरामी सहर' र 'द स्मल किङ्डम अफ लो' प्रदर्शन गरिएको थियो । विश्वभरबाट सहभागी हुन आएका ६२ मध्ये ३५ मुलुकबाट छानिएका फिल्मलाई महोत्सवमा सहभागी गराईएको आयोजकले जनाएको छ ।
मंसिर २३ देखि २७ गते सम्म सञ्चालन हुने उक्त महोत्सवमा ब्रिटेन, चीन र नर्वेका जुरीहरू रहने छन् । प्रतिष्पर्धामा सर्वोत्कृष्ट हुने एक चलचित्रलाई १५ सय अमेरिकन डलर, द्वितियलाई १ हजार र तृतियलाई ५ सय डलर प्रदान गरिने छ र दर्शक छनौटको आधारमा एक चलचित्रलाई पनि सम्मान गरिने छ । यस्तै पानारोमा अर्न्तर्गत नेपाली निर्माताका ६ वटा फिल्म मध्ये उत्कृष्ट हुने एकलाई चलचित्र विकास बोर्डले नगद रू २५ हजार समेत प्रदान गरिने किम्फले जनाएको छ ।