मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काका भतिजीको पहिलो प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2010/12/09

दुई दशकपछी कलिउड कमब्याक अभिनेत्री मनीषा कोइराला र उनका काका अर्थात नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले पहिलो पटक नेपाली सिनेमाको प्रिमियरमा सहभागिता जनाएका छन् ।


आफू अभिनित थुप्रै हिन्दी चलचित्रको प्रिमियरमा सहभागी भएकी अभिनेत्री कोइरालाको पहिलो नेपाली चलचित्र फेरी भेटौलाको प्रिमियर नभएपनि दोस्रो धर्मामा भने उनले सहभागीता जनाएकी हुन । बिहिबार साँझ काठमाण्डौको कमल पोखरी स्थित कुमारी सिनेमा घरमा आयोजित चलचित्र धर्माको रेडकार्पैट प्रिमियरमा आमा सुष्माको साथमा केही कुटनितिक नियोगका पदाधिकारी सहित उपस्थित भएकी अभिनेत्री कोइरालाले फिल्म राम्रो हुने आशा समेत ब्यक्त गरिन् ।



काका सुशिल कोइरालाले पनि जीवनमै पहिलो पटक यसरी प्रिमियरमा सहभागी भएको प्रतिक्रिया दिएका छन् । मनीषालाई लक्षित गर्दै उनले भने 'उसको फिल्म पनि पहिलो पटक हेर्दैछु ।' शुशिलले बताए अनुसार उनले जिन्दगीमा पहिलो पटक बिहिबार नेपाली चलचित्र हेरेका हुन । अब मनीषालाई फिल्म खेलाउने भन्दा पनि राजनीतिमा सक्रिय गराउने सोच तपाईहरूको होला नी भन्ने फिल्मीखबरको प्रश्नमा सुशिलले भने 'यो उसको इच्छा हो, हामी केही भन्दैनौ ।' सुशिलले भतिजी मनीषासंगै बसेर करिब आधा घण्टा फिल्म हेरेका थिए । आधा घण्टा पश्चात मनीषा सहित उनको परिवार घर फर्किएको थियो ।

 

आष्मा फिल्मस् को ब्यानरमा दीपेन्द्र के खनाल निर्देशित मसालेदार उक्त चलचित्रलाई पूर्व मन्त्री डा. दुर्गा पोखरेलले निर्माण गरेकी हुन । मनीषाको अलवा राजेश हमाल, निखिल उप्रेती, अनु शाह ,शंकर आचार्यतथा नव प्रस्तुतीको रूपमा संयोग पोखरेल र माधव अचार्यको मुख्य भूमिका रहेको उक्त चलचित्र हेरिसकेपछी सञ्चारकर्मी तथा केही चलचित्रकर्मीले मिश्रीत प्रतिक्रिया दिएका छन् । हेरौ पछिल्लो चरणमा फिल्मको ब्यापार खस्किरहेको बेला यो चलचित्रले कसरी आफ्नो पकड जमाउने हो ? जय दर्शक तिम्रो भरमा धर्मा सिनेमा !