मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता संघको कार्यक्रम फितलो

फिल्मीखबर, काठमाण्डौ, 2010/12/10

पछिल्लो समयमा अधिकाशं चलचित्रले ब्यापार राम्रो गर्न नसकिरहेको अवस्थामा नेपाल चलचित्र निर्मातासंघले त्यसका निराकरणको सम्बन्धमा बिहिबार आयोजना गरेको सचेतना कार्यक्रम निकै फितलो भएकोमा चलचित्रकर्मी एवं सञ्चारकर्मीले असन्तुष्टी जनाएका छन् ।



काठमाण्डौको चाबहिल स्थित चलचित्र विकास बोर्डको हलमा आयोजित सचेतना कार्यक्रमा एक पक्ष तरिकाले विना छलफल कार्यक्रम अयोजना गरिएको भन्दै चलचित्र संघको त्यस्तो कार्यक्रमको कुनै औचित्य नभएको आरोप समेत लगाएको छ । यस्तै गहन बिषय बोकेको त्यस्त्रो ठूलो कार्यक्रमलाई स्तरियता नदिएको भन्दै सञ्चारकर्मीले असन्तुष्टी ब्यक्त गरेका हुन् ।

 

कार्यक्रममा निर्माता संघको पूर्व अध्यक्ष युवराज लामाले नेपाल चलचित्र निर्माण प्रक्रिया , समस्या र समाधान विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै निर्माता संघका सचिव सुरेश दर्पण पोखरेलले नेपाली चलचित्र निर्माण र प्रदर्शनको समस्या र समाधानको अवधाराधणालाई चलचित्रकर्मीमाझ प्रस्तुत गर्नुको साथै विकास बोर्ड अध्यक्ष अमर राज गिरी , आन्तरिक राजश्व विभागका सचिवद्धय खिमकुमार कुबँर र भीष्मकुमार भुषालले पनि चलचित्र क्षेत्रमा परेको असर र त्यसको न्यूनिकरणबारेमा सुझाव दिएका थिए ।



भावनात्मक हिसावमा निर्मातासंघ र स्वयम चलचित्रकर्मीबीच एकताको अभाव देखिएको उक्त कार्यक्रममा एकले अर्काको गल्ती स्वीकार्नु भन्दा पनि आरोप र प्रत्यारोप   हाबी भएको देखियो ।