मोडल, म्युजिक भिडियोका निर्देशक एवं सञ्चारकर्मी सुरज सिंह ठकुरीमा हिरोका लागि हुने सम्पूर्ण गुणहरू पर्याप्त छन् । तर पनि उनलाई हिरो हुने रहर कहिल्लै जागेन ।
एक कार्यक्रममा भेटिएका हृयाण्डसम सुरजलाई फिल्मीखबरले तपाईलाई फिल्ममा हिरो बन्ने प्रस्ताव आएका छैनन् भनी प्रश्न गर्दा उनले भने, 'प्रस्ताव त आईरहेका छन् तर मलाई हिरो बन्न रहर लाग्दैन ।' हिरोमा हुने लुक्स उनीमा भएपनि आखिर किन त्यो रहर उनीमा नदेखिएको हो त ? उनले मुख खोलिहाले र भने 'म हिरो हैन डाईरेक्टर हुन्छु ।'
निरन्तर सात बर्षयता कान्तिपुर टेलिभिजनको सन्धाकलिन दैनिक कल शो 'कल कान्तिपुर' चलाउदै आएका सुरजले केही दिन अघि मात्र एउटा फिल्मबाट आएको हिरो खेल्ने प्रस्तावलाई अस्विकार गरिदिएको बताए । छोरीको पिता समेत रहेका ३३ बर्षे स्र्टाईलिष्ट सुरजले केही समयपश्चात आफ्नै निर्देशनमा फिल्म समेत बनाउने बताएका छन् ।
मेन्टलली यो समय उनी उत्कृष्ट भावी निर्देशक बन्ने होमवर्क पनि गरिरहेका छन् । आशा गरौं भिउअर क्रेजी सुरज निर्देशकको रूपमा दर्शक माझ छिट्टै नै देखा परून् र नेपाली चलचित्र उधोगलाई राम्रो चलचित्र दिउन् । फिल्मीखबर डटकमको तर्फबाट सुरजलाई शुभकामना !