नन्दिता बाहेक राज र नम्रताले भन्दै थिए 'यो मेरो पहिलो रिवन कटाई हो ।' उता नन्दिताले चाहि 'यो मेरो दोस्रो रिवन कटाई हो भन्दै थिइन् ।' शुक्रबारबाट काठमाण्डौको दरबारमार्गमा सञ्चालनमा आएको हेयर स्टोरी एण्ड फेस ग्यालरीको नायक राजबल्लभ कोइराला, नायिकाद्धय नम्रता श्रेष्ठ, नन्दिता केसी, कलाकार दीपाश्री निरौला लगायतले रातो रिवन काटी पार्लर उद्दघाटन गरे र नयाँ पार्लर लाई केही समय हासो खुशीले उमङ्गमय बनाए ।
ब्यूटिसयन सान्द्रा पुनका बहिनीद्धय भीस पुन र चन्द्रमा पुनले सञ्चालनमा ल्याएको उक्त पार्लरमा उदघाटनको रिवन काटि सकेपछी उनीहरूले केक काटेर अर्को उमङ्ग थपेका थिए । टेलिभिजनकी नम्बर वान नायिका दीपाश्री को चाहि शुक्रबारको रिवन कटाई कति औं हो भन्ने नै उनलाई थाहा रहेनछ । उनी भन्दै थिइन् 'मैले त यस्तो रिवन कति काटे कति ।'
महिला पुरूषका दुवैको लागि हप्ताको सातै दिन सेवा दिईने उक्त पार्लरमा कपाललाई टेम्पररी कर्ल गर्दै नम्रताले बोहोनी गरेकी थिईन् । नम्रतालाई यस अघि विभिन्न रिवन काट्ने कार्यक्रममा बोलाईएता पनि त्यस्ता कार्यक्रममा जान उनलाई लाज लाथ्यो रे, तर उनले शुक्रबार भने त्यो लाजलाई साईड़मा राख्दै रिवन काटिन् र नयाँ पार्लरको सुरूवात आफैबाट गरिन् ।