मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संचिताले भनेको मान्दैनन् निखिल

फिल्मीखबर, काठमाण्डौ, 2010/12/11

एक बर्षयता नायिका सञ्चिता लुइटेल र निखिल उप्रेती मुम्बईमा संघर्षरत  छन् । प्रेम बिवाह भनिएको उनीहरूको सम्बन्ध बास्तबिक रूपमा पती पत्नीको हो वा हैन भन्ने बारेमा पनि आफै विवादित छ ।

 

विवादित कसरी भने निखिल र सञ्चिताको सम्बन्धले जुन सुकै सिमा नाघे पनि सञ्चिताको सिउँदोमा निखिलले सिन्दुर हाल्न बाकी रहेको बुझिएको छ ।  तर एक स्रोतले दिएको जानकारी अनुसार सञ्चिताले मंगलशुत्र र सिन्दूर लगाएरै बसेकी छिन् । मुम्बईमा आफ्नो करिअर नदेखेपछी अब नेपाल फर्कने  सोचाई बनाएकी सञ्चितालाई निखिलले भने त्यही बस्न बाध्य गराईरहेको बुझिएको छ ।


अझै पनि नेपाली चलचित्र उद्योगमा सञ्चिताको माग बढेकाले उनलाई केही शुभ चिन्तकले नेपाल फर्कन आग्रह गरे पनि निखिलले नेपाल फर्कने  कुनै आट नदेखाएपछी उनी आफू पनि त्यही बस्न बाध्य भएकी हुन । जीवन चलाउनलाई एक बुटिकमा काम गर्न सुरू गरेकी सञ्चिताले यो समय निखिललाई दिन रात नेपाल फर्कन कर पनि गरिरहेकी छिन् तर त्यो करलाई निखिलले एउटा कानले सुन्दै अर्को कानले  उर्डाईदिएको स्रोत बताउछ । स्रोत भन्छ  ' निखिल फिल्ममा मात्र बहादुरी देखाउन माहिर, तर आफ्नै लाईफमा भने साह्रै डर छेरूवा ।'