
नेपाली चलचित्र उद्योग आफैमा विचित्रको छ । यहाँ संलग्न भएका कलाकार तथा चलचित्रकर्मीहरु झनै बिचित्रको विशेषता वोकेका छन् । यहाँ प्रवेश गर्ने अधिकांश कलाकारहरुको उद्देश्य नाम र दाम रहेको पाईन्छ ।
दाम त उनिहरुले कमाउलान् नै तर दाम कमाउन पहिला नाम नै सफल हुनुपर्दछ । आफ्नो नाम सफल वनाउन धेरै किसिमका उपाय रच्नेहरुको संख्या पनि राम्रै छ । चलचित्र क्षेत्रमा नायक भन्दा पनि नायिकाहरु धेरै चर्चामा रहेको पाईन्छ । कारण आ आफ्नै होला तर नायिकाहरु बारम्बार वजारमा तातिरहनुको पछाडि थुप्रै रहस्य लुकेको हुनसक्छ ।
धेरैको आँखा र दिमाग नगएको हुनसक्छ नायिकाहरुको भिडमा वजार तताउने एक थरीका नायिकाहरु पनि यहाँ छन् । चलचित्र क्षेत्र सुरुवात देखि आजसम्म पनि के.सी. थरका नायिकाहरुको वजार तताईले तातिरहेको छ । के.सी .थरका नायिकाको चर्चा गर्दा नायिका करिश्मा मानन्धर अंग्रपंक्तिमा आउँछिन् । उनी चलचित्र उद्योगमा प्रवेश गर्दा उनको थर के.सी. थियो । पछि विनोद मानन्धरसँग विवाह भएपछि मात्र उनको नामको पछाडि मानन्धर थपिएको हो । उनी यो क्षेत्रमा आएदखि आजसम्म बिभिन्न कारणले उत्तिकै चर्चित छिन् । उनको अभिनय सुन्दरताले आजसम्म पनि यो वजारलाई तताईरहेको छ ।
करिश्माको लिला यतिमा मात्र सिमीत छैन । कुनै समय महानायक राजेश हमाल र उनको नामलाई लिएर खुवै हल्लाहरु पनि वजारमा गरीन्थ्यो । पछि चलचित्र वावुसाहेव वनाएर चुलुम्ब डुवेपछि उनी अमेरिका पलायन भईन् । अमेरिकामा पनि उनले गरेको कामका कारण उनी चर्चामा थिईन् । आज नेपालमै रहेर फाट्ट फुट्ट चलचित्रमा अभिनय गरेकी नायिका करिश्मा आफ्नो स्तनमा खोपेको ट्याटुका कारण फेरी पनि रामलिला मच्चाउन सफल छिन् ।
के.सी. थरकै नायिकाको भिडमा सुस्मिता के.सी. पनि लिला मच्चाउने नायिका हुन् । चलचित्र उद्योगकका कृष्ण भनेर चिनीएका नायक भुवन के.सी. सँग विवाह गरेपछि उनको चर्चा चुलिएको हो । कारण उनी भुवनकी दोश्रो श्रीमती थिईन् । विवाह गरेको केहीसमय वित्न नपाउदै उनको र भुवनको सम्वन्ध विच्छेदका हल्लाले उनलाई वजारमा मसला वनाईरह्यो । कहिले भुवनसँग मिल्ने त कहिले छुट्टिने यही लिला मच्चाउन सफल सुस्मिता आज पारपाचुके गरेरै भुवनसँग टाढिएकी छिन् । यसले पनि उनलाई दिनदिनै जसो खवर वनाईरहेको छ ।
केही सयम अघिसम्म पनि नेपाली चलचित्रका नायिकाहरु छोटो पहिरन लगाउन डराउथे । उक्त समयमा एकजना यस्ति के.सी. नायिकाको जन्म भयो जसले यो परम्परालाई मज्जाले तोडिदिईन् । हो चलचित्र 'अंगालो अंगालोमा' बाट यो रजतपटमा नायिका मिरा के.सी. को नाम निक्कै चर्चित वन्यो । उनले उक्त चलचित्रमा दिएको हट सिनका कारण उनि संचारमाध्यमको मसला वनिरहिन् । अझ यसो भनौ मिरा के.सी. र अंगप्रर्दशन पर्यावाची जस्तै वनेको थियो । यतिमात्र होईन सोही चलचित्रका नायक रमेश उप्रेतिसँगको नाम जोडाईले पनि उनले वजारमा लिला मच्चाईरहिन् । सोही हट सिन र खुल्ला अंगप्रर्दशनका कारण उनले केही चलचित्र पाए पनि पछि उनी पनि यो क्षेत्रमा टिक्न सकिनन् र पलायन भईन् ।
के.सी. थरका नायिकाहरुको रामलिला मच्चाउन मिरा पछि अर्की एकजना नायिका आईन् । चलचित्र सिलसिलामा नायक राज तिमिल्सिनालाई चुम्बनको स्वाद चखाएर एकाएक हिट भएकी नायिका सोनीया के.सी. यस्ता लिला मच्चाउन माहिर नै मानिन्छिन् । चुम्बन खाएर वजार हल्लाएकी नायिका सोनीयाले चलचित्र उद्योगका फुच्चे निर्देशक सुरेशदर्पण पोख्रेललाई पनि हल्लाईदिईन् । सुरेशलाई उनले वलत्कारीको आरोप लगाईन् । सुरेशले आफूलाई उसको अफिसमा वोलाएर वलात्कार गर्न खोजेको भन्दै उनी जिल्ला प्रशासन कार्यलयमा पुगिन् । दुईचार दिन खुवै हल्ला मच्चाएकी यि नायिकाले अन्तत आफ्नो वोली फेरिन् र होईन भन्दै सहमती गरिन् । चलचित्र उद्योगमा टिक्नको लागी केही पनि प्रवाह नगर्ने सोनीया अभिनय र दर्शकको रोजाईकी नायिका भन्दा पनि विवादास्पद कुराले चर्चित छिन् ।
अव एकजना के सी नायिकाको यहाँ वेलीविस्तार लगाउँ । तर उनको वारेमा भन्नु भन्दा अघि धेरैपटक सोच्नुपर्दछ । किनकी उनी वोली फेर्नमा निक्कै माहिर छिन् । चलचित्र उद्योगमा उनलाई उनको नामले भन्दा पनि चर्चित नायक विराज भट्टकी प्रेमिकाको कारणले वढिले चिन्ने गर्दछन् । नायिका जेनिसा के.सी. पनि लिला मच्चाउने कुरामा अघि छिन् । एक चलचित्रको लागी पछाडिको पुरै भाग देखाएर फोटो सेसन गरीसकेपछि उनले वोली फेरीन् । आफ्नो टाउकोमा कुनै अर्को युवतिको शरिर जोडिएको भन्दै उनले हङ्गामा मच्चाउने प्रयास गरीन् । पछि फेरी आफ्नै फोटो भएको भन्दै उनी शान्त भईन् । चलचित्र दोस्तीको छायांकनको समयमा दुर्गम भेगमा पिज्जाको माग गरेर सुटिङ नै छोडेको कारणले पनि उनको लिला वुझ्नका लागी धेरै समय आवश्यक पर्दैन ।
के.सी. नायिकाकै भिडमा भर्खर भर्खर उदाउदै गरेकी नायिका जिया के.सी. लाई कहाँ भुल्न सकिन्छ र उनको नाम आज चर्चित रहनुको कारण उनले चलचित्रमा अभिनय गरेका कारणले होईन । चलचित्र उद्योगमा टिक्नको लागी जे पनि गर्न तयार छु भन्ने जस्ता अभिव्यक्तिका कारण उनी वजारमा छाईरहन्छिन् । आज उनको नाम निर्देशक दिपक श्रेष्ठसँग जोडिएर हेरिन्छ । चलचित्र पहिलो पहिलो मायामा दिपकसँगको गोप्य वार्तामा उनले असहमति जनाएपछि उनले उक्त चलचित्रमा अभिनय गर्न पाईनन् । तर पछि चलचित्र हो यही माया हो मा दिपकसँगै गोप्य सहमति गरेपछि उनी उक्त चलचित्रकी नायिका भईन् । आज उनी दिपकसँग प्राय सवै सार्वजनिक कार्यक्रममा देखिन्छिन् । उनी पनि यस उद्योगमा नाम कमाउन धेरै किसीमका लिला मच्चाउन माहिर छिन् ।
यसरी के.सी. नायिकाहरुको लिला दुई पुस्तामा विभाजन भएपनि हङ्गामा मच्चाउन दुई पुस्ताकै नायिका कम देखिएका छैनन् । करिश्मा ,सुस्मिता र मिराले मच्चाएको लिला आज सोनीया, जेनिशा र जियाको हातमा छ र उनीहरु पनि यो कामलाई निरन्तरता दिईरहेका छन् । उनीहरुको रामलिला अनेकौ किसीमको स्क्यान्डल, लभ र सम्वन्धका कारण नै जारी छ । यसरी रामलिला मच्चाएर चलचित्र उद्योगमा यिनीहरु कतिन्जेल टिक्ने हो त्यो भने हेर्न बाँकी नै छ ।