आगामी पौष ३० गतेबाट प्रदर्शनमा आउन लागेको शोभित बस्नेत निर्देशित चलचित्र 'चिनो' को दुई गीतमा शोभित र सोही फिल्मकी नायिका रेजिना उप्रेती भारतमा आयोजना हुने सास्कृतिक कार्यक्रममा छमछमी नाच्ने भएका छन् ।
भारत अहमदावादका विभिन्न चार सहरहरूमा आयोजना हुने चारवटा कार्यक्रममा सहभागी हुन आगामी सोमबार काठमाण्डौको अर्न्तराष्ट्रिय विमानस्थलबाट दिल्ली हुँदै अहमदावाद पुग्ने उनीहरूको कार्यक्रम रहेको छ । कार्यक्रममा रेजिनाले चिनोको दुई गीत लैजाउ मलाई धेरै पर पर, लोकदोहोरीमा आधारित अर्को गीत सहित तीन गीतमा नाच्दै छिन् । आफ्ना थुप्रै फिल्ममा रेजिनालाई नचाएका शोभितले रेजिनासंगै कम्मर मर्काउदैछन् र आरजे भएर कार्यक्रम पनि आफैले सञ्चालन गर्दैछन् ।
आफ्नो पछिल्लो प्रोजेक्ट 'तँ त साहै सप्रिस नि बद्री' को छायाकंन मुस्ताङमा सकेर काठमाण्डौ फर्किएका शोभित र रेजिना अहमदावाद प्रस्थानको एक सातापछी काठमाण्डौ फर्कनेछन् ।
मिति : २०८१ मंसिर ८, शनिवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
चिनोको गीतमा शोभित र रेजिना छमछमी
फिल्मीखबर, काठमाण्डौ, 2010/12/11
- १८ वर्षपछि बन्ने भयो ‘भागम भाग’को सिक्वेल
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?
- ‘ह्रस्व दीर्घ’बाट नीताले देखेको २१ करोड
- प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?
- प्रदीप रावतलाई ‘ह्रस्व दीर्घ’को सिक्वेल पनि खेल्ने इच्छा
- स्पेनी भाषामा डबिङ भएर अमेजन प्राइममा आउँदै ‘गोर्खा : बिनिथ द ब्रेभरी’