मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उत्तम आए गए

फिल्मीखबर, काठमाण्डौ, 2010/12/12

केही बर्षको अन्तरालपछी सिक्किमबाट काठमाण्डौ आएका  नायक उत्तम प्रधान सुटुक्क आए र सुटुक्कै गृहनगर सिक्किम गएका छन् ।

अनुशी फिल्मसको ब्यानरमा सबिर श्रेष्ठ निर्देशित दोस्रो चलचित्र इशाराको एक गीतको छायाकंन तथा डबिगको लागि उनी केही दिन अघि काठमाण्डौ आएका थिए र आफ्नो काम सकि पुनः सिक्किम गइसकेका छन् । दश बर्षअघि तुलसी घिमिरे निर्देशित सुपर हिट चलचित्र दर्पणछाँया डेब्यू हिरो उत्तमले सो चलचित्र पछी दर्जन चलचित्रमा अभिनय गरिसकेका छन् । सिक्किम प्रस्थान गर्नु अघि उत्तमले फिल्मीखबरसंग भन्दै थिए इन्डष्ट्रीको हालखबर सुधार भएन त्यसैले फिल्म खेल्न भित्रबाट रहर पनि लाग्दैन । सानै देखिको फिल्म खेल्ने उत्तमको त्यो रहरमा आखिर किन धमिलो पना आयो त ? उत्तमले जवाफ दिए   'राजनीतिमा सक्रिय हुदैछु त्यसैले ।'  उत्तम यो समय सिक्किम सरकार अर्न्तगतको कल्चर वीङ पार्टीको उपाध्यक्ष भएर राजनीतिमा सक्रिय भईरहेका छन् । अब साच्चिकै नपाली फिल्म नखेल्ने हो त भन्दा उत्तम फेरी भन्छन् 'त्यस्तो हैन, खेल्छु तर छानेर मात्र ।' 

भनेपछी हिरो हुदै राजनीतिबाट मुख्य मन्त्री बन्ने तपाईको सपना  त हैन भन्दा उनले भने 'सिएम बन्ने मेरो सपना हैन तर एउटा राम्रो राजनीतिज्ञ अबश्य हुन्छु ।'  फुर्सद भए सम्म सिक्किमै कसैले फिल्म सुटिङ गर्ने गरि आफूलाई प्रस्ताव गरे स्वीकार्ने बताएका उत्तमले नेपाली चलचित्र उद्योगलाई माया मार्न नसकेको बताए ।  फिल्म क्रेजी उत्तमले भन्दै थिए 'सिक्किम  सरकारसंग मिलेर बंगाली भाषाको फिल्म बनाउन लागेको छु र नेपाली चलचित्रलाई त्यहाँ नियमित प्रदर्शन गर्ने सोचाई पनि लिएको छु ।'  केही दिनका लागि काठमाण्डौ आएर पुन सिक्किम गएका उत्तम एक महिनापछी उनको निर्माणमा बनेको चलचित्र लेटरको प्रदर्शन समयमा  पुनः काठमाण्डौ आउने सोचाईमा रहेकाछन् ।