मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाह्र बर्षमा नेपाली फिल्मसँग रेडियो कान्तिपुर

फिल्मीखबर, काठमाण्डौ, 2010/12/12

स्थापनाको भएको बाह्र बर्ष भैसक्दा पनि फिल्म बाहेक अन्य कार्यक्रमहरूसँग मात्र अफिसियल मिडिया पार्टनर भएर सहकार्य गर्दै आएको कान्तिपुर एफएम अर्थात रेडियो कान्तिपुरले पहिलो पटक नेपाली फिल्मसँग मिडिया पार्टनर भएर सहकार्य सुरू गरेको छ ।

केही हप्ता अघि मात्र स्थापनाको बाहौ बर्ष गाँठ मनाएको सो एफएम पहिलो पटक चलचित्र स्वर मार्फत अफिसियल मिडिया पार्टनर भएको आईतबार स्वरको अडियो विमोचनमा जनाएको हो । यस्तै विमोचन कार्यक्रममा सहभागी हुन आएका सो एफएमका स्टेनशन म्यानेजर प्रभात रिमालले फिल्मीखबरसँग कुरा गर्दै भने 'नेपाली फिल्मको र संगीतको स्तर बृद्धि गर्न यसरी मिडिया पार्टनरको अवधारणा ल्याईएको हो ।' फिल्म नहेरिकन कसरी मूल्याकंन गर्नु हुन्छ नी भन्दा उनले भने 'सर्वप्रथम आफ्नो एफएममा अडियो प्राथमिकतामा पर्ने भएकाले फिल्मका गीत पहिले सुन्छौ र त्यसै अनुसार मुल्याकंन गर्दै मिडिया पार्टन हुने निर्णय गर्र्छौ ।'

डेढ बर्षयता प्रत्येक साताको बुधबार बिहान दश बजे  देखि एक घण्टा सम्म फिल्मी कार्यक्रम बाईस्कोप मार्फत नेपाली कलाकारहरूलाई स्टार अन दि रेडकार्पेट सम्मान दिदै आएको उक्त एफएमले ढिलै भएपनि नेपाली फिल्मको बिकासको लागि अफिसियल मिडिया पार्टनरका लागि सुरू गरेको यो कदम स्वागत योग्य छ ।