मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तुलसी एक्सप्रेस

फिल्मीखबर, काठमाण्डौ, 2010/12/12

थुप्रै सफल चलचित्र निर्देशन गरिसकेका निर्देशक तुलसी घिमिरेले आफ्नो स्पिडलाई केही बढाएका छन् । पछिल्लो चरणमा उनले निर्देशन गरेका केही चलचित्रहरूले सफल ब्यापार गर्न नसके पनि निर्देशनको आफ्नो कामलाई उनले अझै विश्राम दिन सकेका छैनन्  ।

 

दश बर्ष अगाडीको सुपर हिट चलचित्र दर्पणछाँया भन्दा अझै उत्कृष्ट चलचित्र बनाउन यो समय उनले कम्मर कसिरहेका छन् । आईतबार आफ्नो पछिल्लो चलचित्र मृगतृष्णाको सुटिङमा भेटिएका तुलसीले चलचित्र बनाउने काममा कहिल्यै थाक्न नसक्ने बताएका छन् ।



साईगायत्री फिल्मसको ब्यानरमा कलाकार हेमन्त बुढाथोकी र गायत्री भुटियाको लगानीमा  एक साता अघि देखि सुटिङ सुरू गरिएको सो चलचित्रलाई जति सक्दो छिटो सक्ने उनको योजना रहेको छ । सोही योजना अनुसार उनी एक्सप्रेस बसको गति झै मृगतृष्णाको सुटिङलाई अगाडी बर्ढाईरहेका छन् ।

 

बिराज भट्ट, नन्दिता केसी, कर्म, धुर्व दत्त, हेमन्त बुढाथोकी तथा सुष्मा कार्की मुख्य भूमिकामा रहेको उक्त चलचित्रको प्रत्येक दिन न्यूनतम पाँच सिन छायाँकन भैरहको तुलसीले बताए । सेलुलोईड फर्म्याटमा छायाँकन भईरहेको सो चलचित्रलाई छिटो सक्नका लागि केही दिन अघि मात्र २४ घण्टामा बाह्र सिन सकेको उनको भनाई थियो । उनी भन्दै थिए, 'एक दिनमा बाह्र सिन सकेको अहिले सम्मकै रेकर्ड हो ।'