छायाकंन भैरहेको चलचित्र 'चन्द्रावती' का निर्देशक राजु गिरी बन्दीपुरको भिरबाट खसेको खबर प्राप्त भएको छ ।
चलचित्रको 'जुनी जुनी...' भन्ने गीतको सुटिङका लागी सुटिङ स्थल जाने क्रममा राति करिब २ बजे तिर बन्दीपुर बिमलनगर भन्ने स्थानको भिरबाट उनी खसेका थिए । निकै अप्ठयारो भीरबाट खसे पनि उनले रूखलाई समात्न सफल भएका कारण ज्यान जोगिएको बताईएको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार भीरबाट खसेका गिरीलाई नायक आयुष रिजाल र निर्माता संञ्जय बुलुंग ले उद्धार गरेका थिए ।
गीतको छायाकंनको लागि निर्देशक गिरी, नायक आयुष रिजाल, नायिका शशि खड्का, सञ्जय लामा तथा केही कलाकार र सोही चलचित्रका प्राविधिकको एक टोली आईतबार साँझ काठमाण्डौबाट बन्दीपुर प्रस्थान गरेको थियो । उनीहरू बेलुकी १२ बजे बन्दीपुर पुगेर सुटिङ लोकेशनका लागि भिरोलो स्थान तर्फ जादै गर्दा गिरी दुर्घटनामा परेका हुन् ।
भीरबाट खसेको कारण हात खुट्टा र शरिरमा केही चोट लागेका गिरीको अवस्था सामान्य रहेको बताईएको छ । हास्यश्रृंखला टवाक्क टुक्क मार्फत अभिनय यात्रा सुरू गरेका गिरीले सर्वप्रथम 'खतरनाक जंगल' भन्ने चलचित्र निर्देशन गरेका थिए । यस्तै उनीद्धारा निर्देशित अर्को चलचित्र 'दिलमाया' प्रदर्शनको तयारीमा छ ।
घाईते गिरी सहितको सो चलचित्रको यूनिट गीत र केहि सिनको छायाँकन सकेर भोली काठमाण्डौ फर्कदै छ ।