मंसिरको चिसो त्यो साँझ र यो घटना आईतबारको हो । एक कार्यक्रममा सहभागी हुन पुगेका अभिनेता सुनिल थापाले आफ्नो अचम्मको ब्यवहार देखाए । कक्टेल पार्टीमा आफूले भने जस्तो पिउने चिज नपाउदा उनी छट्पटी रहेका थिए ।
सेवामा खटिएका वेटरले उनले खोजे जस्तो पिउने चिज नल्याईदिदा उनी केही बेर तनावग्रस्त पनि भए । सोही क्रमममा उनकै भनाईलाई आधार मान्दै ब्याख्या गर्ने हो भने पनि जव सूर्य उदाउदै अस्ताउने तर्फ लाग्छ त्यही अनुसार उनको पिउने स्तर पनि बढ्दै जाँदो रहेछ । दिउँसो शरिरलाई चिस्याउने पेय पदार्थलाई स्विकार्ने सुनिलले साँझ परेपछी भने शरिरलाई तताउने पेय पदार्थमा रमाउने रहेछन् ।
कक्टेल कार्यक्रममा फ्यान्टाले भरिएको ट्रे लिएर जव एक वेटरले थापालाई लिन भनी आग्रह गरे तर निकै ठाडो भाषामा उनले ती वेटरलाई 'रात परेपछी लिने बानी छैन भनी जवाफ दिए ।' फ्यान्टा भएको कारण सुनिलले त्यस्तो जवाफ दिएको बुझेर होला सायद ती वेटरले सुनिललाई फ्यान्टामा केहि प्रतिशत रक्सि मिसाएको बताए । त्यसपछि सुनिलको अनुहारमा पुर्णिमाको रातमा चन्द्रमा चम्किएझै एकाएक चमक आयो र हतार गर्दै रिजेक्ट गरेको त्यो फ्यान्टाको गिलास हातमा लिईहाले ।
के हो सुनिल जी रात परेपछी फ्यान्टा लिने बानी छैन भन्ने अनि अरू चीज मिक्स गरेर दिए त्यही फ्यान्टा तपाईको लागि अमृत हुने ? यो त भएन नी !