नेपाली चलचित्र उद्योगलाई यतिवेला नायक अभाव भएको महशुश दर्शक तथा चलचित्रकर्मीले गरिरहेका छन् । चल्तिका नायक निखिल उप्रेति, नायिका संचिता लुइटेललाई लिएर सुटुक्क मुम्बई छिरे । यता अर्का चल्तिका नायक विराज भट्ट पनि नेपाली चलचित्र भन्दा भोजपुरी चलचित्रमा व्यस्त हुन थालेपछि पुरानै वाघ राजेश हमालले जेनतेन चलचित्र उद्योगलाई धानिरहेका छन् ।
चल्तिका दुई नायकले नेपाली चलचित्रलाई चटक्कै माया मारेपछि नेपाली चलचित्रका निर्माताहरु चिन्तीत देखिएका छन् । भोजपुरी चलचित्रवाट राम्रो आम्दानी हुन थालेपछि उतै लहसिएका नायक विराज भट्ट केही दिन अघि नेपाल आएका छन् । उनी हाल तुलसी घिमीरेले निर्देशन गरिरहेको चलचित्र मृगतृष्णाको छायांकनका लागी नेपाल आएका हुन् ।
नेपाली चलचित्रलाई माया मार्नु भयो नि भन्ने फिल्मीखवरको प्रश्नमा विराजले यसलाई अस्विकार गरे । उनले भने, मैले नेपाली चलचित्रलाई माया मारेको होईन, भोजपुरीका दर्शकले मलाई धेरै मन पराएका हुन् ।' एउटा भोजपुरी चलचित्रमा अभिनय गरेर दश लाखसम्मको पारीश्रमिक लिने गरेका भट्टलाई यति नै नेपाली चलचित्रवाट कमाउन तिन चलचित्रमा अभिनय गर्नुपर्दछ । पछिल्लो समयमा विराजका चलचित्रले पनि नेपालमा हावा खाईरहेका छन् ।
उनलाई राख्यो भने चलचित्र चल्छ भन्ने सोचाई पनि अव पुरानो वनेको छ । यि नायकको टाउको विक्न छोडेको छ भन्दा पनि हुन्छ । निरन्तर रुपमा आफूले अभिनय गरेको र अन्य नेपाली चलचित्र असफल भएपछि विराज पनि यो कुराले चिन्तीत देखिएका छन् । आखिर किन यसरी नेपाली चलचित्र निरन्तर असफल भईरहेका छन् त ? यसवारेमा यि नायकको आफ्नै किसीमको तर्क छ ।
नेपाली चलचित्र हाल आएर असफल हुनुको पछाडि उनले चलचित्र मात्र नराम्रो वन्नुलाई दोष दिदैनन् । उनले भने, 'विभिन्न नाममा खुलेका च्यानलले हाम्रो चलचित्रलाई असफल वनाए ।' उनले इंगित गर्न खोजेको च्यानल भन्नाले चलचित्र प्रदर्शन गर्ने विभिन्न नामका संस्था हुन् । अहिले नेपाली चलचित्रलाई विभिन्न च्यानलहरुले प्रदर्शन गर्दै आएका छन् । नेपालमा अहिले विश्वज्योती च्यानल, सेकेण्ड च्यानल, डिसीएन, क्युव जस्ता च्यानलहरु छन् जसले आ आफ्नै ढङ्गले चलचित्रलाई रिलिज गर्दै आएका छन् । 'यसरी चार पाँच च्यानलले हप्तै पिच्छे मनोमानी ढङ्गले फिल्म रिलिज गर्दा असफल हुदैनन् त?', विराजले प्रश्न तेर्स्याए ।
हप्तैपिच्छे दुई देखि तिन चलचित्र रिलिज भईरहेका छन् । अनि नेपालमा त्यस्ता कुन दर्शक छन् जो नेपाली चलचित्रलाई हप्ता दिनको फरकमा दुई सय रुपिया खर्च गरेर हेर्न सक्छन् । यस कुराको निष्कर्ष निकाल्दै उनले तर्क थपे, 'सवैजना आफ्नो च्यानल विकास गर्नका लागी लागीपरेका छन्, जसले गर्दा नेपाली निर्माताहरु मरीरहेका छन् ।'
भोजपुरी चलचित्र र नेपाली चलचित्र गरी आफूसग हाल दुई विकल्प रहेकाले अव आफूले छानेर मात्र नेपाली चलचित्रमा अभिनय गर्ने उनको भनाई छ । 'कत्तिले मेरो टाउको विकाए, कत्तिले मेरो नाम ।' जसले गर्दा मैले अभिनय गरेका चलचित्र नै एकआपसमा जुध्ने अवस्था आयो । यसले मलाई नै असर पुर्याएको महशुश गरे', अलिकति चिन्तीत मुद्रामा रहेका विराजले आफ्नो भावी योजना सुनाए ।
नेपाली चलचित्र र भोजपुरी चलचित्रका चल्तिका नायक विराज अहिले भोजपुरी तर्फ आकषिर्त भएको पाईन्छ । तर पनि नेपाली चलचित्रलाई उनले माया मार्न भने सकेका छैनन् । भोजपुरी चलचित्रवाट यि नायकले दाम कमाए पनि नेपाली चलचित्रले नै यिनलाई दामसगै परिचय दिएको हो । अर्कातिर नेपाली दर्शकले पनि विराजलाई माया दिएका छन् ।
यसैले, आफूलाई नाम र दाम दिएको नेपाली चलचित्र उद्योगलाई उनको आवश्यकता भएको समयमा चटक्क छोडेर विराज अन्त कतै लागे भने त्यो उनका लागी नै घाटाको कुरा हो । आशा गरौ, यि नायकले पनि अन्य केही नायक जस्तै नेपाली चलचत्रिलाई टुहुरो वनाएर कत्तै हराउने छैनन् ।