
केही नजिकका साथी बाहेक उनलाई अधिकाशंले कर्मा भनेर बोलाउने गर्छन । आफ्नो नाम गलत उच्चरण भएको प्रति हिरो महेशमान शाक्य अर्थात कर्मलाई कुनै गुनासो छैन । सानो संसार देखि सुरू भएको उनको फिल्मी यात्रामा घरमा उनलाई महेश नै भनेर चिन्ने गर्दछन् ।
तर फिल्म क्षेत्र र दर्शकसंग उनी कर्म नामले परिचित छन् । कर्म नामले परिचित भएपनि उनलाई अधिकाशं चलचित्रकर्मीले कर्मा भनेर बोलाउने गर्दछन् । पछिल्लो चरणकै उदाहरण दिउँ, उनी यो समय तुलसी घिमिरे निर्देशित चलचित्र 'मृगतृष्णा'मा काम गरिरहेका छन् । तर सुटिङ स्पटमा उनलाई निर्देशक घिमिरे, उनकी पत्नी भारती कलाकारहरू विराज भट्ट, नायिका नन्दिता केसी, अभिनेत्री सुष्मा कार्की तथा सो चलचित्रकको पूर्ण टिमले उनलाई कर्मको साटो कर्मा भनेर सम्बोधन गरिरहेको थियो ।
कलाकार मात्र हैन थुप्रै सञ्चारकर्मीले पनि उनको बास्तविक नाम कर्मलाई कर्मा भनी उच्चरण गरेको र लेख्ने गरेको पाईएको छ । तर यसरी गलत उच्चारणले तपाईलाई असहज लाग्दैन भनी फिल्मीखबरले राखेको प्रश्नमा कर्मले भने 'अलि कस्तो कस्तो लाग्छ तर पनि म केही भन्दिन ।' चार बर्ष अघि महेशबाट उनले राखेको आफ्नो नयाँ नाम निकै प्यारो लाग्ने गरेको बताउदै भन्दै थिए, 'कर्माको साटो कर्म भन्दिए बेस ।'