मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धरानको गणेश टाकिजबाट पाईरेसी / दश पक्राउ

फिल्मीखबर, काठमाण्डौ, 2010/12/15

प्रदर्शन भईरहेका चलचित्रहरू बाटो मुनिको फूल, गोर्खा पल्टन, भूल भए माफ गर, प्रदर्शन भैसकेको कसम हजुरको , पौष दुई गतेबाट राजधानीमा प्रदर्शन हुन लागेको चलचित्र कस्लाई दिउँ यो जोवन लगायतका केही नेपाली चलचित्रहरू विना इजाजत धरान स्थित गणेश टाकिजले पाईरेसी गरी विक्री वितरण गरेको प्रमाण खुलेको छ ।


डीसिएन
अर्न्तगत डिभी सिस्टमबाट त्यहाँ चलाईएका फिल्महरू कपि मार्फत पूर्वाञ्चलका बजारमा छ्याप्छयाप्ती भएपछी सम्न्धीत चलचित्रकर्मी र प्रहरीको टोलीले पाईरेसीमा संग्लन मुख्य दुई व्यक्ति मिथुन राय र अश्रफ अलि सहित इटहरीमा रहेका अन्य आठ सिडी व्यापारीहरूलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका मिथुन राय र अश्रफ अलि मध्ये एक ब्यक्ति डीसीएन अर्न्तगत र अर्का  गणेश टाकिजसंग संग्लन रहेको वितरक डीसीएन महाप्रवन्धक अशोक शर्माको भनाई छ ।


ईलाका प्रहरी कार्यालय इटहरीले जनाए अनुसार पक्राउ पर्नेमा राजेश श्रेष्ठ, मिथुन यादव, विष्णु यादव, आशिष खनाल,  शिव दास  लगायतका रहेका छन् । कपि गरिएका सिडीमा  गणेश टाकिजको कोड नम्बर फेला परेकाले पक्राउ गर्न सहज भएको प्रहरीले जानकारी दिईएको छ ।  आफ्नो सर्भरबाट फिल्म कपि भएको समाचार थाहा पाएपछी वितरक डीसीएन महाप्रवन्धक शर्मा लगायतका सम्बन्धीत  निर्माताहरू सुरज बशंल, कृषा चौलागाई मंगलबार पूर्वाञ्चल निरिक्षणमा निस्किएका थिए ।

बुधबार फिल्मीखबरसंग कुरा गर्दै डीसीएन महाप्रवन्धक शर्माले बिहानैबाट धरान र इटहरीका बजारमा छापा मार्ने काम सुरू  गर्दा मध्यान्न सम्म आठ व्यक्तिलाई पक्राउ गर्न सफल भएको बताए । यस्तै डिसिएन सर्भरबाट प्रदर्शन गरिएका मात्र नभई क्युब, विश्वज्योती च्यानल अर्न्तगत प्रदर्शन भएका नयाँ चलचित्र खुशी, यस्तै श्रीकृष्ण श्रेष्ठको कहाँ भेटिएला तथा सिलसिलाको समेत कपि भीसिडी फेला पारिएको जानकारी दिईएको छ ।