विना इजाजत नयाँ फिल्मका भीसीडीहरू पूर्वाञ्चलका बजारमा बिक्रि बितरण भएको खबर प्रति ध्यानाकर्षण गर्दै हलहरूको संगठन संस्था चलचित्र संघले त्यसलाई ठूलो अपारधको संज्ञा दिएको छ ।
बुधबार फिल्मीखबरसंग कुरा गर्दै संघका उपाध्यक्ष प्रदिप कुमार उदयले पाईरेसी गर्ने काम गलत भएको भन्दै त्यसमा संग्लन जो कोही ब्यक्तिहरूलाई कडा भन्दा कडा सजाय दिनु पर्ने माग गरेका छन् । डिभीबाट प्रदर्शन गरिएका फिल्महरू पाईरेसी हुनुमा हल वाला भन्दा पनि वितरकले खटाएका व्यक्तिको ठूलो हात हुने प्रदिपको भनाई छ । फिल्मवालाको सहमति बेगर अरू कसैले फिल्मको पाईरेसी गर्न नसक्ने भन्दै 'फिल्ममा मात्र हैन कतिपय स्थानमा कलेक्सनमा समेत हिना मिना गर्न वितरक तथा फिल्मसंग सम्बन्धीत ब्यक्तिहरूको प्रत्यक्ष संग्लनता पाँउने गरेको' प्रदिपले बताए ।
यध्यपी निर्माता समेत रहेका उदयले नेपाली चलचित्र उद्योगलाई ब्यवस्थित, प्रतिष्ठित र मर्यादित बनाउन यस्ता काममा संग्लन हुने जो कोहीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।
मिति : २०८१ मंसिर ८, शनिवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
'पाईरेसी ठूलो अपराध' : चलचित्र संघ
फिल्मीखबर, काठमाण्डौ, 2010/12/15
- १८ वर्षपछि बन्ने भयो ‘भागम भाग’को सिक्वेल
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?
- ‘ह्रस्व दीर्घ’बाट नीताले देखेको २१ करोड
- प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?
- प्रदीप रावतलाई ‘ह्रस्व दीर्घ’को सिक्वेल पनि खेल्ने इच्छा
- स्पेनी भाषामा डबिङ भएर अमेजन प्राइममा आउँदै ‘गोर्खा : बिनिथ द ब्रेभरी’