नयाँ फिल्मको पाईरेसी भएको खबर फिल्मीखबरले र्सवप्रथम र्सार्वजनिक गरेपछी निर्माता संघको आकस्मिक बैठक बसी त्यस घटनाको सम्बन्धमा घोर आपत्ति जनाउदै दोषी माथि कारबाहि गर्न जस्तो सुकै कदम उठाउन पनि पछि नहट्ने संघले निर्णय गरेको छ ।
बुधबार बिहान संघको कार्यालय नक्सालमा बसेको उक्त आकस्मिक बैठक स्थलबाटै वितरक डीसीएन महाप्रबन्धक अशोक शर्मालाई संघका अध्यक्ष राजकुमार र्राईले पटक पटक फोन सर्म्पर्क गर्दा पनि कुनै प्रतिक्रिया नदिएको अध्यक्ष र्राईले जानकारी दिएका छन् । पाइरेसी भएका नयाँ फिल्महरु बाटो मुनिको फूल, गोर्खा पल्टन लगायतका अन्य केही चलत्रिहरु डीसीएन अर्न्तगत रिलिज गरिएका थिए ।
यस्तै संघका सचिव सुरेश दर्पण पोखरेलका अनुसार बैठकले पाइरेसीमा जो सुकै व्यक्ति वा संस्था संग्लन भएको भए पनि कारबाहिको दायरा भित्र ल्याई छाड्ने निर्णय गरेको जानकारी दिएका छन् ।