हलहरूको संगठन सस्था नेपाल चलचित्र संघले नेपाली चलचित्र उद्योगलाई व्यवस्थित, मर्यादित र प्रतिष्ठीत बनाउने लक्ष्य सहित पूर्वाञ्चलको इटहरीमा बृहत भेला आयोजना गर्ने भएको छ ।
संघका उपाध्यक्ष प्रदिप कुमार उदयले फिल्मीखबरलाई दिएको जानकारी अनुसार आगामी पौष ८ गते इटहरीमा बीरगञ्ज देखि काकडभिट्टा सम्मका सम्पूर्ण हलसञ्चालकहरू एकै ठाँउमा भेला भै भावी रणनीति तय गर्ने कार्याक्रम रहेको छ । । यस अघि थुप्रै भेला आयोजना गरिसकेको उक्त 'संघका विभिन्न सदस्यहरू माथि नेपाली चलचित्र उद्योग बिगारेको आरोप आईरहेको बेला त्यसलाई खण्डन गर्ने हिसावले एक जुट हुन त्यस्तो भेला आयोजना गरिन लागिएको' उदयले बताए ।
सहिलाई सहि र गलतलाई गलत भन्ने निर्णय सहित सो भेलाबाट पूर्वाञ्चलका सवै हल सञ्चालकहरू एक जुट भै भावी योजाना समेत सार्वजनिक गर्ने कार्यक्रम रहेको उदयको भनाई छ । यस्तै क्रमश तीन महिना भित्र अन्य चार विकास क्षेत्रमा पनि यस्तै प्रकारको छुट्टाछुट्टै भेला आयोजना गर्ने तयारी समेत रहेको उपाध्यक्ष उदयले जानकारी दिए ।