मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कथा चोरेको स्वीकारे निर्देशकले

फिल्मीखबर, काठमाण्डौ, 2010/12/16

भोली शुक्रबारबाट राजधानीमा प्रदर्शनमा आउन लागेको चलचित्र कस्लाई दिउँ यो जोवन विभिन्न हिन्दी फिल्मबाट प्रभावित भएको सो चलचित्रका निर्देशक सुरेश दर्पण पोखरेलले स्वीकार गरेका छन् । 

फिल्मीखबरसंग कुरा गर्दै  दर्पणले  नेपालका सिनेमा भवनमा नचलेको गोविन्दा अभिनित फिल्म  स्याण्डवीजका नौ सिन आफ्नो फिल्ममा देख्न सकिने खुलाशा गरेका छन् ।  स्याण्डवीच  टेलिभिजनमा अत्याधिक देखाईएने हिन्दी फिल्म मध्येको एक हो । प्रदर्शन ताका उक्त फिल्म पूर्ण रूपमा फल्प भएको थियो ।

यस्तै स्याण्डवीच बाहेक साजन चले ससुराल, रेश लगायतका केही हिन्दी फिल्मका सिन उठाएर कमेडी फिल्म कस्लाई दिउँ यो जोवन निर्माण गरेको कुरा पनि  दर्पणले  खुलाशा गरेका छन् । उनले भनेका छन्, 'यो फिल्ममा हिन्दी फिल्मका केही प्लटसंगै पूरानो नेपाली लोक कथा पनि समेटिएको छ  । '

 

दिलीप रायमाझी, निखिल उप्रेती, झरना थापा, मेलिना मानन्धर तथा सुरज आरडी मुख्य भूमिकामा रहेको उक्त चलचित्र कपि विना पनि बनाउन सकिन्थेन र भन्ने प्रश्नमा दर्पणले भने, 'नेपालमा कमेडी फिल्मको ट्रेन नभएको अवस्थामा त्यस्तो फिल्म बनाउन धेरै कथा  खोजे तर नपाएपछी  स्क्रिप्ट राईटरले कपि गरेर ल्यायो अनि बनाईदिए ।' सो फिल्मको स्क्रिप्ट राईटर शिवम अधिकारी हुन् ।

पछिल्लो समय दीलिप रायमाझीको बीग प्रोजेक्ट  मिस यू निर्देशन गरेका दर्पणलाई सो फिल्म पनि कपि गरेर बनाईएको होला नि भन्ने प्रश्नमा उनले भनेका छन्, 'विश्वको कुनै पनि फिल्बाट त्यसलाई कसैले कपि भन्छ भने म डाईरेक्सन छोड्दिन्छु ।'