बल्ल बल्ल भेट भो दर्शन नमस्ते लगायतका थुप्रै सुपरहिट गीत गाएर छुट्टै चर्चा कमाएका गायक राजेश पायल राईको कथामा फिल्म बन्ने भएको छ ।
केही प्रतिशत कथा उनको बास्तविक जीवनमा आधारित रहने उक्त फिल्मलाई निर्देशक दिपक श्रेष्ठले निर्देशन गर्ने भएका छन् । फिल्मीखबरसंगको कुराकानीमा दिपकले फरक धारको सिनेमा बनाउने जमर्को गरेकाले गायक राजेशपायललाई आफ्नो हिरो बनाउने निर्णय गरेका हुन । फिल्म पूर्ण रूपमा सागीतिक प्रेम कथामा आधारित हुने छ । यस्तै दिपकले राजेशका अलवा गायक सविन राईलाई पनि आफ्नो फिल्मको हिरो बनाउने तयारी समेत रहेको बताए । पञ्चकन्या पिर्क्चसको ब्यानरमा अर्ठ्ठाईसौ प्रोजेक्टको तयारीमा रहेका दिपकले हिरोमा राजेशपायल पक्का भैसकेपनि कथा अनुसार हिरोइन फाईनल हुन बाकी रहेको जानकारी दिएका छन् ।
उता राजेश पायल पनि निर्देशक दिपकको हिरो बन्ने भएपछी मख्ख छन् । उनी भन्छन् 'हिरो बन्न पाएको म निकै खुशी छु ।' सो फिल्मको टाईटल अनुसार उनको हिट गीत बल्ल बल्ल भेट भो दर्शन नमस्तेलाई पनि चलचित्रमा समेटिने भएको छ । राजेशपायलले यस अघि उदय सुब्बा निर्देशित चलचित्र गुण्डाराजमा इन्सपेक्टरको मुख्य भूमिका निर्वाह गरेका थिए । त्यस्तै उनले लिम्बु भाषाको चलचित्र 'जी माला 'मा पनि भिलेनको रोल गरेका छन् ।
आगामी माघ महिनाबाट छायाकंनमा जान लागेको दर्शन नमस्तेमा उनी पूर्ण रूपमा हिरो भएर दर्शकमाझ आउदै छन् । हेरौ गीत गाँउन निकै सफल भएका राजेश पायल हिरोको भूमिकामा कतिको सफल हुन्छन ?
मिति : २०८१ मंसिर ८, शनिवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
राजेश पायलको कथामा दर्शन नमस्ते
फिल्मीखबर, काठमाण्डौ, 2010/12/16
- १८ वर्षपछि बन्ने भयो ‘भागम भाग’को सिक्वेल
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?
- ‘ह्रस्व दीर्घ’बाट नीताले देखेको २१ करोड
- प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?
- प्रदीप रावतलाई ‘ह्रस्व दीर्घ’को सिक्वेल पनि खेल्ने इच्छा
- स्पेनी भाषामा डबिङ भएर अमेजन प्राइममा आउँदै ‘गोर्खा : बिनिथ द ब्रेभरी’