वितरक डीजीटल सिनेमा नेपाल (डीसीएन) बाट रिलिज भएका चलचित्रहरू पूर्वाञ्चलका बजारमा पाइरेसी भएपछी त्यस विरूद्ध दुई निर्माताले छुट्टाछुट्टै स्थानमा मुद्धा दायर गरेका छन् ।
पाइरेसी भएको चलचित्र कसम हजुरको निर्माता कृषा चौलगाईले बिहिबार सुनसरी चकरघट्टी स्थित बराह चलचित्र मन्दिरका सञ्चालक रमेश बिष्ट र झुम्का स्थित किरण चलचित्र मन्दिरका सञ्चालक शम्भुभक्त श्रेष्ठमाथि पाइरेसीको अरोपमा इलाका प्रहरी कार्यालय पकलीमा मुद्दा दायर गरेकी हुन । कृषाले दिएको जानकारी अनुसार प्रदर्शनका लागि झुम्का चित्र मन्दिरमा दिएको उनको फिल्मको डीभी चकरघट्टीको हलमा पनि प्रदर्शन गरिएकाले पाइरेसी भएको सीडीमा सो हलको कोड भेटिएको भन्दै बिहिबार ती हलसञ्चालकलाई पक्राउ गरिएको छ ।
यस्तै प्रदर्शन भएको एक महिना नवित्दै गणेज टाकिज धरानबाट पाइरेसी भएको बाटो मुनिको फूलका निर्माता राजेश घतानीले पनि क्षतिपूर्तिको माग सहित चलचित्र वितरक डीसीएन कर्मचारी बिरूद्ध इलाका प्रहरी कार्यालय धरानमा मुद्दा दायर गरेका छन् । आवश्यक क्षतिपूर्ति तथा दोषी विरूद्ध कडाकारबाहिको माग सहित दायर गरिएको उक्त मुद्दा पश्चात पिडित निर्माताहरूले काठमाण्डौमा पनि मुद्दा दायर गर्ने बताएका छन् ।
मिति : २०८१ मंसिर ८, शनिवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
पाइरेसी विरूद्ध दुई ठाँउमा मुद्दा
फिल्मीखबर, काठमाण्डौ, 2010/12/16
- १८ वर्षपछि बन्ने भयो ‘भागम भाग’को सिक्वेल
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?
- ‘ह्रस्व दीर्घ’बाट नीताले देखेको २१ करोड
- प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?
- प्रदीप रावतलाई ‘ह्रस्व दीर्घ’को सिक्वेल पनि खेल्ने इच्छा
- स्पेनी भाषामा डबिङ भएर अमेजन प्राइममा आउँदै ‘गोर्खा : बिनिथ द ब्रेभरी’