मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शासनबाट उठेको रकम समाज सेवामा

फिल्मीखबर, काठमाण्डौ, 2010/12/17

एक महिनापछी प्रदर्शनमा आउने तयारीमा रहेको  आकाश अधिकारी निर्देशित चलचित्र शासनको प्रदर्शनबाट उठेको सम्पूर्ण रकम समाज सेवामा खर्च गरिने भएको छ ।

शुक्रबार साँझ ललितपुर स्थित एक क्याफेमा आयोजित सो चलचित्रको अडियो क्यासेट विमोचनमा समारोहमा बोल्दै सो चलचित्रका निर्माता तथा नायक लोकेन्द्र कार्कीले नेपालका ग्रामिण क्षेत्रमा  शिक्षा, स्वास्थ्य र बृद्धहरूको सेवाको लागि फाउण्डेशन खोली त्यस मार्फत सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । पाँच बर्ष अघि निर्माण भएको सो चलचित्र विविध कारणले प्रदर्शनमा आउन सकेको थिएन  । हाल सम्म डेढ करोड खर्च गरिएको भनिएको उक्त चलचित्रले प्रदर्शन ताका जति ब्यापार गर्न सक्छ त्यसमा आफ्नो बैदेशिक साथीभाई मार्फत थप सहयोग रमक जम्मा गरी फाउण्डेशन खोलेर शिक्षा स्वास्थ्य र बृद्धहरूको सेवाको लागि एक संस्था खोल्ने कार्कीले प्रतिबद्धता जनाए । कार्कीले गरेको प्रतिबद्धता अनुसार प्रिमियर पूर्व फाउण्डेशन खोलिने छ । 

 

निकै अघिको चलचित्र सोल्टीनी, आर्मी, दुलाहा राजा दुलही रानी फिल्ममा हिरो भैसकेका कार्की मलेसिया लगायतका विभिन्न देशमा ब्यवसाय गर्छन् । उनी पाँच बर्षपछि आफ्नै चलचित्र शासन मार्फत पुन कलिउड कमब्याक हुन लागेका हुन् । नाफा कमाउनमात्र फिल्म बनाउने नेपाली चलचित्र उद्योगमा यसरी फिल्मबाट उठेको सम्पूर्ण रकम समाज सेवामा खर्च गर्ने  सम्भवत कार्की नै पहिलो ब्यक्ति हुन् ।



इन्टरनेशनल मुभि मेकिङ्ग प्रालिको ब्यानरमा निर्माण  भएको उक्त चलचित्रमा सम्पूर्ण कुरामा शासन चल्न सक्छ तर मायामा चल्न सक्दैन भन्ने कुरालाई प्राथामिकताका साथ देखाउन खोजिएको अडियो लञ्च समारोहमा जानकारी दिईएको छ । यस्तै चलचित्रको मुख्य भाव अनुसार जातीय भेदभाव सामाजिक  छुवाछुत, बालबालिका र महिला शोषण विरूद्धको प्रतिबिम्ब हो शासन भनी ब्याख्या पनि गरिएको छ ।

 

जम्मा पाँच  वटा गीत समावेश गरिएको उक्त चलचित्रमा शम्भुजीत बास्कोटाको संगीतमा रामकृष्ण ढकाल, साधना सरगम, बाबुल सुप्रिया, मिङमा शेर्पा, सिने गुरूङ, जुना प्रर्साई, कोमल राज भण्डारी तथा सिन्धु मल्लले स्वर दिएका छन् । ती गीतहरूलाई किरण खरेल, नवराज लम्साल र निर्देशक  अधिकारीले लेखेका हुन ।  कार्यक्रममा आफ्नो संगीतको बारेमा बोल्दै संगीतकार बास्कोटाले भने 'संगीत आफै बोल्ने भएकाले विगत देखि जसरी अन्य गीतहरूमा संगीत भर्न मिहिनेत गरेको छु त्यसैगरी यो चलचित्रको गीतमा पनि मिहिनेत गरेको छु ।' आफूले संगीत दिएका पाँच  मध्ये एक गीतलाई महत्वकाक्षी ठान्दै शम्भुजीतले कुनै एक गीत संङग्राहालयमा राख्न सक्ने खालको भएको समेत बताएका छन् ।

यस्तै आफ्नो एघारौ निर्देशन रहेको उक्त फिल्मको अडियो विमोचनमा बोल्दै निर्देशक अधिकारीले आफ्नो खुशीले फिल्म बनाईएता पनि रिलिज गर्ने काम भने अर्कैको खुशीमा भर पर्ने भन्दै प्रदर्शन ढिला भएकोमा वितरकहरू दोषी भएको बताएका छन् । म्यूजिक डटकमले वितरणको जिम्मा लिएको उक्त चलचित्रका सवै गीतले श्रोताको मन जित्न सक्ने सम्भावना थुप्रै छन् । चलचित्रमा लोकेन्द्र कार्की, रेखा थापा, धिरेन शाक्य, सम्राट सापकोटा, सञ्चिता लुईटेल, निर शाह, हरिहर शर्मालगायतले अभिनय गरेका छन् ।