मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वेता भन्छिन् 'केही समय विश्राम लिन्छु'

फिल्मीखबर, काठमाण्डौ, 2010/12/19

स्टार काष्ट मह जोडीसँग अभियन गरेको चलचित्र फल्प भएपछी निरास भएकी नायिका स्वेता खड्काले केही समयका लागि चलचित्र नखेल्ने बताएकी छिन् ।

 

दुई साताको कोरिया भ्रमणपछी नेपाल फर्किएकी स्वेताले हाँसि देऊ एकफेरमा लागेको धक्काबारे अचम्म मान्दै भन्दै थिईन्, 'मलाई त कस्तो नरमाईलो भैरहेको छ । मल्टी स्टारहरूको साथमा अभिनय गर्ने पाउने भएपछी स्क्रिप्ट समेत नहेरिकन चलचित्र खेलेको थिए तर आज नसोचेको कुरा भएछ ।'

 

आगामी दिनमा फिल्मी करिअरलाई कसरी अगाडी बढाउनु हुन्छ नी भन्ने प्रश्नमा उनले भनिन्, 'अबको केही समय विश्राम लिन्छु ।' त्यो विश्राम सधैको लागि त हैन भन्ने अर्को प्रश्नमा फेरी उनले भनिन्, 'सायद ६ महिना देखि बर्षदिन सम्म म यो क्षेत्र भन्दा टाढा रहन्छु ।'

 

टाढा रहेको यो बीचको समयमा के गर्छिन त उनी ? स्वेताले तीन देश मलेसिया, इजरायल र दुवैको विभिन्न कार्यक्रममा सहभागी हुने र बचेको समय आफ्नो बिजनेसलाई टाईम दिने बताएकी छिन् । यो क्षेत्रमा पक्कै फर्किनु हुन्छ नि ? उनले भनिन्, 'अवश्य फर्किन्छु । अहिले पनि दुई तीनवटा फिल्मबाट आफर आएको छ, तर मेरो र्टाईमको कारण नखेल्ने बताएको छु । उहाँहरूले मेरो टाईमसम्म कुर्छु पनि भन्नु भएको छ, हेरौ त्यो टाईम सम्म के हुन्छ?'