मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सव थोक गर्ने सुटिङ नगर्ने

फिल्मीखबर, काठमाण्डौ, 2010/12/19

सुदर्शन थापा निर्देशित तेस्रो चलचित्र 'के यो माया हो' मा अभिनय गरेका बरिष्ठ अभिनेता नीर शाहले निर्देशकको गृहकार्य प्रति असन्तुष्टी जनाएका छन् ।



सुटिङका लागि २१ दिन सम्म पोखरा बसेर काठमाण्डौ फर्किएका शाहले एक कार्यक्रममा फिल्मीखबरसँग कुरा गर्दै भन्दै थिए, 'स्पटमा सव थोक गर्ने तर सुटिङ नगर्ने के यो माया हो ? केही सिनका लागि आफ्नो अभिनय रहेपनि सुटिङ निकै लामो भएको भन्दै उनले भने, 'निर्देशकमा सव थोकको ज्ञान तर गृहकार्यको ज्ञान देखिन ।'

 

आफ्नो रोजाईमा पर्ने केही निर्देशकका मध्येका एक सुदर्शनले लोकेशनको कारण सुटिङ ढिला गरेको प्रति लक्षित गर्दै उनी भन्दै थिए, 'सुटिङको सुस्तता हेर्दा नेपाल एयरलाईन्स जस्तो सव थोक भाको प्लेन नभाको जस्तो देखिन्थ्यो ।' पैतालिस बर्षको फिल्मी करिअरमै यस्तो ढिला सुटिङ नभोगेको भन्दै उनले त्यहाँ रहँदाको रमाईलो पललाई यसरी व्यक्त गरे, '२१ दिनको पोखरा बसाईमा दिनै पिच्छे खशी काटेर खुवाए, थरी थरीको चामलको भात पनि खुवाए र अर्को रमाईलो कुरा गण्डकी अञ्चलको अण्डा सकिए होला तर सुटिङ सकिएन ।'


यसरी सुटिङ नै ढिला गरिदिँदा यसको मर्का निर्मातालाई मात्र नभएर सम्पूर्ण यूनिटलाई पर्ने निर शाहको भनाई थियो । आर्यन सिग्देल, अरूणिमा लम्साल, सुष्मा कार्की तथा सौगात मल्ल मुख्य भूमिकामा रहेको उक्त हाईबजेटको चलचित्रको छायाकंन गएको असोज १३ गते देखि सुरू गरिएको हो । निर्देशक थापाले दिएको जानकारी अनुसार अबको एक सातामा सुटिङ्ग प्याकप हुने छ ।