मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तुलसीको पहिचान वनेको टोपी

विजय आवाज, काठमाण्डौ, 2010/12/19

चलचित्र कुसुमे रुमाल होस् या दर्पणछाँया या पछिल्लो चलचित्र देश । निर्देशक तुलसी घिमिरेलाई दर्शकले सफल निर्देशकका रुपमा चिन्दछन् । उनले वनाएका अधिकांश चलचित्र सफल पनि छन् । यसकारण पनि हुनसक्छ नेपाली माटो सुहाउने चलचित्र वनाउने निर्देशक घिमिरे दर्शकको नजरमा सधैभरी परिरहेका छन् । तुलसी घिमिरेसँग यतिमात्र विशेषता छैन । उनलाई संम्झनका लागी दर्शकले अर्को एउटा कुरालाई पनि याद गर्ने गर्दछन् ।



चलचित्रको निर्देशन गर्ने क्रममा छायांकन स्थलमा तुलसी घिमिरेले एउटा पहिरन लगाउन कहिल्यै भुल्दैनन् । तुलसी र उनले छायांकन स्थलमा लगाउने टोपी आज पनि दर्शकका लागी उत्तिकै सम्झनाको विषय वन्ने गर्दछ । हुनत अहिलेका अधिकांश निर्देशकहरु यस्ता किसिमका टोपी पहिरन अनकनाउछन् । तर निर्देशक घिमिरेको शिरको टोपी भने कहिल्यै पनि छुटेन । चलचित्रको छायांकन स्थलमा पुग्ने वित्तिकै निर्देशक को हो भनेर चिन्नका लागी तुलसी जस्ता निर्देशकले पहिरने टोपीले सहयोग गरीरहेका छन् । आखिर किन तुलसी छायांकन स्थलमा सो टोपी निरन्तर रुपमा लगाउछन् त  ?



हुनत यस्ता किसिमका टोपी लगाउदैमा चर्चित निर्देशक हुने र उसले वनाएका चलचित्र हिट हुने भन्ने होईन । तर पनि तुलसी घिमिरेले शिरमा पहिरने टोपीले उनलाई शोभा भने दिईरहेको छ । निर्देशक घिमिरे आफूले निरन्तर रुपमा यो टोपी छायांकन स्थलमा लगाएको वताउछन् । वलिउड चलचित्र नगरीमा पनि निर्देशकहरु छायांकन स्थलमा टोपीको प्रयोग गर्न रुचाउछन् । विश्वको चलचित्र नगरीलाई नियाल्दा निर्देशकको शिरमा सजिने टोपी आफैमा पनि निक्कै चर्चित छ । यसकारण पनि हुनसक्छ नेपालका निर्देशक तुलसी घिमिरेले टोपी लगाउन नछोडेका । तुलसीले आफूले छायांकन स्थलमा टोपी लगाउनुको खासै त्यस्तो कारण नभएको वताए । उनले भने, 'यसले घाम छेक्छ यसैले पनि म टोपी लगाउँछु ।'



तुलसीले टोपी लगाउन थालेको लामो समय भैसकेको छ । उनले टोपी लगाउनुको जे जस्तो कारण बताए पनि आज उनको शिरमा सजिएको टोपी उनको पहिचान भने वनेको छ । तुलसीको टोपी लगाउने स्र्टाईललाई केही निर्देशकले सिको गर्न नखोजेका पनि होईनन् । तर त्यस्ता निर्देशकको टोपी रहर मात्र भयो । आज पनि तुलसीले टोपीलाई छोडेका छैनन् । उनीसँगै काम गरीरहेकी नायिका नन्दिता केसी लाई तुलसीले लगाएको टोपीकै कारणले केही फरक अनुभुति भने हुँदो रहेनछ । तुलसीको पछिल्लो चलचित्र मृगतृष्णाको छायांकन स्थलमा नायिका नन्दिताले टोपी लगाएका निर्देशकसँग काम गर्दा आफूलाई रमाईलो लाग्ने गरेको वताईन् ।
 


उता नायक विराज भट्टले टोपी पहिरने तुलसी घिमिरेको वानी आफूलाई मन परेको वताए । 'हुनत उहाँले टोपी घाम छेक्न पनि लगाउनु भएको हुनसक्छ  तर उहाँको यो वानीले केही फरकता भने दिएको छ', बिराजले भने । छायांकन स्थलमा टोपी लगाउने निर्देशक घिमिरेको यो निरन्तरताले परम्परागत शैलीलाई पनि निरन्तरता दिएको आभाष कता कता गराउने हामीले बुझेका छौं । तर पनि चलचित्र निर्देशकको पहिचान वनेको टोपीलाई आजसम्म नछोडेका यि निर्देशकको वानीलाई भने सलुट गर्नैपर्छ ।