यो समय नेपाली चलचित्र उधोगमा फिल्म नचलेर आर्थिक संकटको साथै चलचित्रकर्मीमा हतोत्साही बढीरहेको सवत्र थाहै भएको कुरा हो । लाखौको लगानीमा बनाईएका फिल्महरू हलमा चलेको एक हप्तामै उत्रिनुको मुख्य कारण के हुन सक्छ ? व्यक्ति पिच्छे उत्तरहरू फरक आउनु स्वाभाविक हो ।
सफल निर्देशक कहलिएका देखि लिएर कहिलै दर्शक मन निराश नपारेका स्टार काष्ट मह जोडी अभिनित फिल्म समेत फल्पहुनुको मुख्य कारण के होला ? यस विषयमा पनि फरक फरक प्रतिक्रिया आउनु स्वाभाविक हो । शिव रेग्मी निर्देशित चलचित्र हाँसि देऊ एक फेर किन फल्प भयो ? रिमोट अन गरेको भरमा मह जोडीलाई आफ्नो टिभीमा देख्न पाईने भएपछी पैसा तिरेर किन हल जानु भन्ने प्रतिक्रिया दर्शकबाट आएको भने र्सवत्र प्रचार गरियो र सवै मिडियाले त्यो वाक्यलाई आफ्नो लेख र रिपोर्टमा प्राथामिकताका साथ प्रस्तुत गरे ।
पक्कै पनि मह जोडी टेलिभिजनको पर्दामा डीस नेपालको विज्ञापनमा धेरै देखा परे । तर सो विज्ञापनमा डीस नेपाल प्रयोग गरे टेलिभिजन सफा देखिने भन्ने मात्र व्यवसायिक सन्देश दिईएको थियो । हाँसिदेऊ एक फेरको जस्तो सामाजिक सन्देश सो विज्ञापनमा कहि नसमेटिएकोले टिभीमा हर समय देखा परेका महजोडी हेर्न किन हल सम्म जानु भन्ने प्रतिक्रिया पाच्य नहुन सक्छ ।
मह जोडीको डीस नेपालको विज्ञापन र आफ्नै धाराबाहिकमा प्रस्तुत गरेको व्यवसायिक र चेतनमुलक अभिनय भन्दा फरक अभिनय फिल्ममा भएपनि दर्शक हल सम्म किन गएनन् त ? पछिल्लो चरणमा निर्माण भैरहेका मूलधारका मसलेदार चलचित्र र नेपाली दर्शकले रूचाउने फिल्मसंग मुल्याकंन गर्ने हो भने हाँसिदेऊ एक फेर पक्कै पनि नराम्रो चलचित्र हैन । कमेडी र भावनात्मक शैलीमा समाजमा घटेका यथार्थ भावनात्मक पक्षलाई ड्रामा शैलीमा प्रस्तुत गरिएकाले होला फाईट र स्टण्डहरूमा हिरोहरू उडेको दृश्य दर्शकले नपाएर हो वा अन्य कारणले अपेक्षा गरिएको भन्दा निकै कम दर्शकले सिनेमा हलसम्म आफ्नो पाईलालाई अगाडी बढाए ।
माथिको कुराहरू पनि केही हदसम्म सहि हुन तर फिल्मीखबरले सामान्य मूल्याकंन र लक्षित दर्शक अनुगमन गर्दा पछिल्ला चरणमा लगातार फिल्म फल्पहुनुको कारण दर्शकसंग पैसा नभएर हो भन्ने सामान्य निस्कर्ष निकालेको छ । कसरी भने एउटा यथार्थ उदाहरण दिऊ । प्रदर्शनको सातामा रहेको हाँसिदेऊ एक फेरको पोष्टर सडक चोकका भित्ताहरूमा टाँसिएको देखेपछी माइक्रोमा रहेकी एक अधवैशे महिलाले यो फिल्म त हेर्न जानु पर्छ भन्दै थिईन् तर उनीसंगैकी अर्की महिलाले कति फिल्म हेर्नु ? अस्तिको हप्ता मात्र नयाँ फिल्म हेरेको तरकारी किन्ने पैसा सवै फिल्म हेरेर जान्छ । उक्त महिलाको भनाईले के पुष्टी गर्छ भने नेपाली फिल्म हेर्ने राजधानी बासी दर्शकको औषत मासिक आय दश हजार भन्दा कम अर्थात आठ हजारको हाराहारीमा रहेको छ र त्यही पैसाले परिवार खर्च पूर्ण रूपले धान्न पनि सक्दैन तर्सथ सिनेमा हलसम्म गएर मनोरञ्जन लिन खोज्ने ती दर्शकहरूले टेलिभिजनकै रिमोटमा चित्त बुझाउनु पर्ने स्थिती छ ।
एक महिनामा हिन्दी र नेपाली गरी करिब पाँचको संख्यामा फिल्म लाग्छन् तर न्यूनतम आय भएका दर्शकले कञ्जुर्साई गरेर पनि महिनाको हजार रूपैया सम्म नेपाली फिल्मका लागी छुट्याउन सक्ने अबस्था छैन । यति सम्मकी काठमाण्डौ सिनामंगल निवासी २४ बर्षे टेकनाथ पराजुलीलाई नेपाली फिल्म हेर्ने धेरै मन लाग्छ तर वेरोजगारीको कारण चाहेर पनि सवै फिल्म हेर्ने हलसम्म जान नसकेको उनी बताउछन् । दर्शक टेकनाथले फिल्मीखबरसंग कुरा गर्दै भने, 'खाजा नखाई कन एउटा फिल्म हेर्ने थोरैमा पनि सय रूपैया चाहिन्छ महिनामा पाँचवटा फिल्म लाग्छन कसरी सवै हेरेर साध्य?' पैसा नभएर हल सम्म गएर फिल्म हेर्ने नपाएका टेकनाथले टेलिभिजनमा आएको टेलर हेरेर चित्त बुझाउने गरेको बताए । जटिल बन्दै गएको नेपालको राजनीतिक अवस्था र त्यसले निम्तयाएको बेरोजगारीको प्रतिनिधत्व गर्दै टेकनाथको त्यो उत्तर जायज पनि छ ।
अर्को तर्फ फिल्म फल्प हुनुको कारण हेरिसकेको विभिन्न भारतीय चलचित्रबाट चोरिएका पूराना कथाहरू नेपाली फिल्ममा समेटिएकाले पनि दर्शकले चाहेर पनि नेपाली फिल्म हेर्ने सकेका छैनन् । एक बर्षमा ५२ हप्ता हुन्छन् तर पौष महिना सम्मको यो पहिलो सातासम्म आईपुग्दा करिब ४० भन्दा बढ्ता नेपाली फिल्म प्रदर्शन भैसकेका छन् । कुनै समय एउटा फिल्म महिनौ दिन सम्म सिनेमा भवनमा चलिरहन्थे तर यो समय मुस्किलले एक हप्ता पनि हलमा फिल्म टिक्न सकेको छैन । सानो उधोग र सानो बजार रहेको नेपाली फिल्मी नगरीमा प्रतिष्पर्धाको नाममा कालो प्रतिष्पर्धा, ब्यापारमा मपाईत्व तथा स्वयम चलचित्रकर्मी बीच एकअर्काको निषेधको राजनीती हावी हुनु पनि फिल्म फल्प हुनुको कारण भित्र पर्दछन् ।
यसरी एक महिनामा चार पाँच वटा फिल्म प्रदर्शन हुनु पक्कै पनि नेपाली चलचित्र उधोगको लागि राम्रो कुरा हैन । एक सातामा कसरी लगानी उठाउने र कति उठाउने ? चौतर्फी मारमा परेका निर्माताहरु उसैत सात दिनमा फिल्म उत्रिएपछी थप चिन्तित बन्नु परेको छ । के प्रत्येक हप्ता रिलिज भएका सवै फिल्म दर्शकले हेर्ने सक्छन् ? यस बारेमा सोच्नु पर्ने बेला आईसकेको छ । नभए फेरी दर्शकले सधैको लागि भन्देलान् 'हामीसँग पैसा छैन ।'